ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्प दोस्रो पटक टाइम वर्ष व्यक्ति घोषित


एबीसी न्यूज
२८ मंसिर २०८१, शुक्रबार   १० : ५६   बजे

काठमाडौं २८ मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषित हुनुभएको छ ।

टाइम म्यागेजिनका प्रधान सम्पादक साम ज्याकोब्सले ऐतिहासिक राजनीतिक पुनरागमन, विश्वमा अमेरिका र अमेरिकी राष्ट्रपतिको भूमिका परिवर्तनका लागि डोनाल्ड ट्रम्पलाई टाइमको सन् २०२४ को वर्ष व्यक्ति घोषित गरिएको बताउनुभएको समाचारसंस्था एएफपीले जनाएको छ ।

यसले ट्रम्पको आश्चर्यजनक राजनीतिक पुनरागमनलाई स्वीकार गरेको छ र उहाँले नोभेम्बर पाँचको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्नुभएको थियो ।

यसवर्ष ट्रम्पलाई व्यापारिक घोटालाको अभियोगमा दोषी ठहर गर्नुको साथै दुई पटक हत्याको प्रयास भयो । तर अन्त्यमा उहाँ दुवै सदनमा रिपब्लिकन बहुमतका साथ ह्वाइट हाउस फर्कने तयारीमा हुनुहुन्छ ।

ट्रम्प दोस्रो पटक टाइम वर्ष व्यक्ति बन्नुभएको हो । यसअघि उहाँ सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएपछि टाइम वर्ष व्यक्ति चयन हुनुभएको थियो ।

टाइम म्यागेजिनले हरेक वर्ष विश्वव्यापी घटनाहरूलाई नाटकीय रूपमा आकार दिने व्यक्तिहरूलाई वर्ष व्यक्ति घोषणा गर्ने गर्दै आएको छ ।

वर्ष व्यक्तिको सूचीमा विश्व नेताहरूदेखि सांस्कृतिक क्रान्तिकारीहरू समावेश हुने गरेका छन् । टाइमले सन् १९२७ देखि ‘वर्ष व्यक्ति’ घोषणा गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group