ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प किमसंग भेट्न सकारात्मक, आगामी मेमा वार्ता हुने सम्भावना


admin
२७ फाल्गुन २०७४, आइतबार   २ : ४४   बजे

संयुक्त राज्य अमेरिका, २७ फागुन ।  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेतासँग हुन गइरहेको वार्ता अभूतपूर्वरुपमा सफल हुने भविश्यवाणी गर्नुभएको छ ।

उहाँले भन्नुभयो– मैले देखेको छु कि हामीले उत्तर कोरियासँग गर्न लागेको वार्ता निकै सफल हुनेछ र यसले हामीबीचका सबै कुराहरुमा पनि खुलेर कुरागर्ने अवस्था आउने छ ।

पेन्सिलभानियाका लागि प्रस्थान गर्नुअघि शनिबार सम्वाददाताहरुसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले यो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले उत्तर कोरियासँगको वार्ताका लागि आफू उत्साहित रहेको भन्दै यसका लागि जापान र दक्षिण कोरियाको पनि समर्थन र सहयोग रहेको पनि खुलासा गर्नुभयो ।

मलाई उत्तर कोरियाले अणुअस्त्रको परीक्षण रोक्ने आश्वासन दिएका छन् र उनीहरुले आगामी दिनमा गर्ने सम्भावना पनि छैन, त्यसैले मलाई यो वार्ताप्रति उत्साह जागेको छ– उहाँले भन्नुभयो ।

उत्तर कोरियाली नेता किम जङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने भएको समाचार हालैमात्र आएको थियो ।

उनसँगको भेटवार्ताका लागि उत्तर कोरियाली नेता उनको आमन्त्रण स्वीकार गर्नुअघि राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गर्नुभएको पनि बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाका नेता उनसँग भेट्न तयार हुनुभएको समाचार बिहीबार मात्र आएको थियो । उत्तर कोरियाली नेता उनको आग्रहमा राष्ट्रपति ट्रम्प उहाँलाई भेट्न तयार हुनुभएको हो ।

अमेरिकी र उत्तर कोरियाली नेताहरुसँग भेटवार्ता गरेका दक्षिण कोरियाली राष्ट्रपतिका विशेषदूतले बिहीबार अमेरिकाबाट सो जानकारी दिनुभएको हो ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ र दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुख दक्षिण कोरियाली राष्ट्रपति र उत्तर कोरियाली नेता उनको सन्देश बोकेर अमेरिका जानुभएको थियो ।

उहाँहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी हालैको प्योङयाङ भ्रमणका बारेमा जानकारी गराउनुभएको थियो ।

त्यसपछि राष्ट्रपति ट्रम्प किमसँग भेटवार्ताका लागि तयार हुनुभएको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाली नेता किमले राष्ट्रपति ट्रम्पलाई भेटवार्ताको लागि प्रस्ताव गर्नुभएको र सोही वार्ताको वातावरण निर्माणका लागि भन्दै आफूहरुले अणुअस्त्रको परीक्षणको काम पनि रोक्ने आश्वासन दिनुभएको थियो ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार किमले पारमाणविक र क्षेप्यास्त्र परीक्षणहरु स्थगन गर्न सहमति जनाउनुभएको छ भने आणविणक निस्शस्त्रीकरणका लागि पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यो घटनाक्रम चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्तागर्न आग्रह गरेको भोलिपल्ट विकसित भएको देखिएको छ ।

गएको बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो आग्रह गर्नुभएको थियो । उहाँले यी दुई देशले जतिसक्दो चाँडै शान्तिवार्ता गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu