ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प विवादका बीच ल्याटिन अमेरिकी देशको भ्रमण गर्ने


admin
२७ फाल्गुन २०७४, आइतबार   २ : ४६   बजे

वासिङ्टन, २७ फागुन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना पेरु र कोलोम्बियाको भ्रमण गर्नुहुने भएको समाचार छ ।

उहाँले आगामी महिना ल्याटिन अमेरिकाको भ्रमणका लाग कार्यक्रम तय गर्नुभएको जानकारी अमेरिकी राष्ट्रपतिको कार्यालयले शनिबार जानकारी दिएको समाचारमा जनाइएको छ ।

ह्वाइट हाउसद्धारा जारी विज्ञप्तिमा भनिएको छ– उहाँले सो भ्रमणका क्रममा पेरुको राजधानी लिामामा आयोजना गरिएको अमेरिकी राष्ट्रहरुको एक सम्मेलनमा पनि सहभागिता जनाउनुहुने छ ।

त्यस अवसरमा उहाँले पेरुका राष्ट्रपति पेड्रो पाब्लो कुन्स्कीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

त्यसैगरी कोलोम्बियामा पनि उहाँले त्यहाँका राष्ट्रपति जुआन म्यानुएल स्यान्टोससँग पनि भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको ह्वाइट हाउसले जानकारी दिएको छ ।

यो उहाँको पहिलो ल्याटिन अमेरिकी भ्रमण हो । यस भ्रमणका क्रममा उहाँले यहाँका विभिन्न देशहरुसँग द्विपक्षीय हितका साथै अरु पनि विविध कार्यक्रमहरुमा सहभागीता जनाउनुहुने बताइएको छ ।

यो भ्रमण राष्ट्रपति ट्रम्पले सबैजसो ल्याटिन अमेरिकी देशहरु काम नलाग्ने देश भनेर सार्वजनिक रुपमा आरोप लगाएको केही समयपछि हुन लागेको छ ।

गत जनवरी महिनामा उहाँले यी देशलाई काम नलाग्ने भन्दै ती देशलाई ‘चर्पीको कमोट’ को समेत संज्ञा दिनुभएको थियो ।

उहाँको यो अभिव्यक्तिपछि सार्वजनिक रुपमा नै उहाँको विरोध मात्र भएन विभिन्न देशमा त उहाँका विरुद्धमा विरोध प्रदर्शनहरु पनि भएका थिए ।

उहाँले यस्तै शब्द मेक्सिकोलाई पनि प्रयोग गर्नुभएको थियो । त्यसपछि उहाँले मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल लगाउनेसम्मको पनि धम्की दिनुभएको थियो ।

यसका साथै उहाँले अरु ल्याटिन अमेरिकी देशमा आयात हुने स्टील र अल्मुनाईमा पनि चर्काे मात्रामा कर लगाउने प्रस्ताव हालैमात्र गर्नुभएको छ ।

त्यसैगरी पेरुसँग पनि यसअघिको अमेरिकी ओबामा प्रशासनले कटुतापूर्ण सम्बन्धमा सुधार ल्याउने काम गरेको भए पनि ट्रम्प राष्ट्रपति भएपछि पेरुसँगको सम्बन्ध थप बिग्रिएको छ ।

यसका कारण उहाँको ल्याटिन अमेरिकी देशहरुसँगको सम्बन्धमा सुधार आउन सकेको छैन । यस्तो अवस्थामा हुन लागेको उहाँको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको कतिपय विश्लेषकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu