ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाअभियोग प्रस्ताव पारित भएसँगै दक्षिण कोरियाली राष्ट्रपति यून निलम्बन


एबीसी न्यूज
३० मंसिर २०८१, आइतबार   ८ : ५९   बजे

काठमाडौं ३० मंसिर । दक्षिण कोरियाली संसद्ले राष्ट्रपति यून सुक येओलविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको छ । आज भएको मतदानमा दुई सय चार सांसदले राष्ट्रपति यूनविरुद्धको महाभियोग प्रस्तावको पक्षमा मत दिएका बीबीसीले जनाएको छ । ८४ सांसदले भने महाभियोगको विपक्षमा मतदान गरे । आठ मत बदर भएको छ भने तीन जना सांसद तटस्थ बसेका छन् ।

महाभियोग प्रस्ताव पारित भएसँगै राष्ट्रपति यून पदबाट स्वतः निलम्बित भएका छन् । संसद्बाट महाभियोग प्रस्ताव पारित भएसँगै यूनले अब संवैधानिक अदालतमा मुद्दाको सामना गर्नुपर्नेछ । दक्षिण कोरियाको संवैधानिक अदालतलाई उनको राजनीतिक भविष्यबारे निर्णय गर्न एक सय ८० दिनको समय हुनेछ । त्यसले उनलाई पदबाट हटाउन पनि सक्छ वा पुनर्बहाली पनि गर्नसक्छ ।

संवैधानिक अदालतको अन्तिम निर्णयसम्मका लागि दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सो कार्यवाहक राष्ट्रपति बन्नुभएको छ । उहाँले स्थिर शासन दिन आफूले सकेको गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । राष्ट्रपति यून सुक येओले १२ दिन अघि मार्सल कानुन लागू गरेका कारण उनीमाथि महाअभियोग लागेको हो । उनको ुमार्सल लु केही घण्टा मात्रै टिकेको थियो ।

सैन्य शासन घोषणा गर्ने आफ्नो कदमका लागि यूनले क्षमायाचना गरिसकेका छन् । यसअघिको महाभियोग असफल भएपछि आज दोस्रो पटक प्रस्तावमा मतदान हुँदा पारित भएको हो । दक्षिण कोरियाको संसद् भवनबाहिर यो निर्णयप्रति खुसी व्यक्त गर्दै प्रदर्शनहरू भइरहेका छन् ।

राष्ट्रपति यून र उनका सहयोगीहरूमाथि अहिले देशद्रोह गरेको आशंकामा अनुसन्धान भइरहेको छ । यो कसुरमा मृत्युदण्डसम्मको सजाय हुने कानूनी व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका विभिन्न क्षेत्रमा भारी वर्षा, सतर्क रहन मौसम विभागको आग्रह

ग्यास अभावमा नागरिक हैरान, बबरमहलमा वितरण थालिएपछि राहत

सम्बन्धित

तीन इरानी पाइलट कतारको हिरासतमा रहेको इरानको दाबी, दोहाद्वारा अस्वीकार

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, ४७ जनाको मृत्यु

दक्षिण कोरियाले उत्तरसँग युद्ध अन्त्य गर्न वार्ताको प्रस्ताव राख्यो

इजरायल चुनावमा नेतन्याहुलाई आइजेनकोटको चुनौती, सर्वेक्षणमा चार सिटले पछाडि

तीन इरानी पाइलटलाई कतारले बन्दी बनाएको इरानको आरोप, दोहाको खण्डन

मोदीको १३औँ स्वतन्त्रता दिवस सम्बोधन : ‘सप्तधारा’मार्फत विकसित भारत बनाउने घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu