ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्ली विधानसभा निर्वाचन : आम आदमीले दियो केजरीवाललाई पनि टिकट


एबीसी न्यूज
३० मंसिर २०८१, आइतबार   ४ : २७   बजे

काठमाडौं ३० मंसिर । आम आदमी पार्टी आपले दिल्ली विधानसभा निर्वाचनका लागि उम्मेदवारहरुको चौथो तथा अन्तिम सूची सार्वजनिक गरेको छ । यो सूचीमा पार्टीका संयोजक एवम् पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालसहित ३८ जनाको नाम छ ।

आपले केजरीवाललाई नयाँदिल्लीबाट टिकट दिएको छ । यसैगरी मुख्यमन्त्री आतिशीलाई कालकाजीबाट उम्मेदवार बनाइएको छ ।

मदिरासम्बन्धी कानुन बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपमा आर्थिक अपराध हेर्ने निकाय ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो । त्यतिबेला उनी मुख्यमन्त्री पदमा थिए ।

तिहाड जेलमा पाँच महिना बिताएका उनी सर्वोच्चको आदेशमा धरौटीमा रिहा भएका थिए । त्यसको दुई दिनपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि आपकी नेता आतिशी दिल्लीकी मुख्यमन्त्री बनेकी हुन् ।

 

अहिले उनै केजरीवाल र आतिशी लगायतका नेताहरुलाई आम आदमी पार्टीले दिल्ली विधान सभा निर्वाचनको प्रतिस्पर्धामा उतार्ने निर्णय गरेको हो ।

टिकट पाएपछि केजरीवालले दिल्ली विधान सभाका सबै ७० सिटमा पार्टीले उम्मेदवार घोषणा गरेको र पार्टी पूरै आत्मविश्वासका साथ चुनाव लड्न लागेको लेखेका छन् । उनले भाजपा भने ‘गायब’ भएको पनि लेखेका छन्, ‘भाजपा गायब छ । ऊसँग न मुख्यमन्त्रीको अनुहार छ, न योजना छ र दिल्लीका लागि कुनै दृष्टिकोण छ ।’

आफूहरुसँग भने दिल्लीको विकासका लागि दृष्टिकोण, योजना र त्यसलाई लागू गर्ने पढेलेखेका राम्रो टिम रहेको दाबी केजरीवालको छ ।

उनले भनेका छन्, ‘भाजपासँग केबल केजरीवाललाई हटाउने मिसन छ । हामीसँग दस वर्षमा काम गरेको लामो सूची छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका विभिन्न क्षेत्रमा भारी वर्षा, सतर्क रहन मौसम विभागको आग्रह

ग्यास अभावमा नागरिक हैरान, बबरमहलमा वितरण थालिएपछि राहत

सम्बन्धित

तीन इरानी पाइलट कतारको हिरासतमा रहेको इरानको दाबी, दोहाद्वारा अस्वीकार

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, ४७ जनाको मृत्यु

दक्षिण कोरियाले उत्तरसँग युद्ध अन्त्य गर्न वार्ताको प्रस्ताव राख्यो

इजरायल चुनावमा नेतन्याहुलाई आइजेनकोटको चुनौती, सर्वेक्षणमा चार सिटले पछाडि

तीन इरानी पाइलटलाई कतारले बन्दी बनाएको इरानको आरोप, दोहाको खण्डन

मोदीको १३औँ स्वतन्त्रता दिवस सम्बोधन : ‘सप्तधारा’मार्फत विकसित भारत बनाउने घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu