ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा भएको युद्धविरामको पहिलो चरण आजदेखि लागू हुँदै


एबीसी न्यूज
६ माघ २०८१, आइतबार   ८ : १३   बजे

काठमाडौं ६ माघ । इजरायल र हमास लडाकु समूहबीच गाजामा भएको युद्धविरामको पहिलो चरण आजदेखि लागू हुँदैछ । इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच भएको पछिल्लो युद्धविरामको सहमति कार्यान्वयनको चरण शुरु भएको हो । पहिलो चरणमा छ हप्ताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको छ ।

मध्यस्थकर्ता इजिप्टका अनुसार युद्धविरामको पहिलो चरणमा ३३ इजरायली बन्धकको बदलामा एक हजार आठ सय ९० जना प्यालेस्टाइनी बन्दी रिहा गर्ने तयारी छ । तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले हमाससँग ‘आवश्यक भएमा’ लडाइँ फेरि शुरु गर्ने अधिकार सुरक्षित राखेको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

हमास लडाकु समूहले सन् २०२३ को अक्टोवर ७ तारिखमा इजरायलमा आक्रमण गरेको थियो । त्यसबेला एक हजारभन्दा धेरैले ज्यान गुमाएका थिए, दुई सय ५१ जनालाई हमासले बन्धक बनाएको थियो । यो बीचमा भएको अस्थायी युद्धविरामका बेला एक सय नौ जनालाई हमासले मुक्त गरेको थियो ।

पछिल्लो सहमतिमा पनि युद्धविरामसहित हमास र इजरायल दुवैले बन्दी रिहा गर्ने सर्त छ । नेपालका विपिन जोशीसहित तान्जानिया, थाइल्यान्ड र इजरायलका नागरिक हमासको नियन्त्रणबाट मुक्त हुन बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu