ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध हिरासत अवधि २० दिन बढाइयो


एबीसी न्यूज
७ माघ २०८१, सोमबार   २ : ०६   बजे

काठमाडौं ७ माघ । महाभियोगका कारण निलम्बनमा परेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको हिरासत अवधि बढाइएको छ।

सियोल अदालतका एक न्यायाधीशले वारेन्ट जारी गरी योललाई अनुसन्धानकर्ताहरूले थप २० दिनसम्म हिरासतमा राख्न सक्ने अनुमति दिएका हुन्।

युन सुक योललाई गत बुधबार पक्राउ गरिएको थियो।

गत वर्ष डिसेम्बरमा युन सुक योलले देशमा मार्सल ल अर्थात् सैन्य शासन लगाउने घोषणा गरेका थिए। तर चर्को विरोध भएपछि ६ घण्टामै उनी त्यो निर्णय फिर्ता लिन बाध्य भएका थिए।

त्यसपछि युन सुक योलविरुद्ध संसद्‌बाट महाभियोग प्रस्ताव पारित गरी पदबाट निलम्बन गरियो।

युनविरुद्ध देशद्रोहको आरोपमा अनुसन्धान पनि भइरहेको छ।

युनलाई अब राष्ट्रपतिमा राख्ने कि नराख्ने भन्ने निर्णय गर्न संवैधानिक अदालतले महाभियोगको सुनुवाइ गरिरहेको छ। फैसला आइसकेको छैन।

यस कारण युन सुक योल प्राविधिक रूपमा अझै दक्षिण कोरियाको राष्ट्रपति नै छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group