ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका–मेक्सिकोको सीमाक्षेत्रमा राष्ट्रिय सङ्कटकाल घोषणा


एबीसी न्यूज
८ माघ २०८१, मंगलबार   १२ : १४   बजे

काठमाडौं ८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमाक्षेत्रमा राष्ट्रिय सङ्कटकाल घोषणा गर्नुभएको छ । गएराति भएको सपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सीमा समस्या समाधानका लागि सङ्कटकाल घोषणा गर्नुभएको हो । उहाँले सबै गैरकानूनी प्रवेश बन्द गरेर लाखौँ अवैध आप्रवासीलाई देशनिकाला गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

ट्रम्पले दक्षिणी सिमानामा सेना पठाउने बताउनुभएको छ । उहाँले जन्मसिद्ध नागरिकताको परिभाषालाई सम्बोधन गर्ने आदेशदेखि अमेरिका–मेक्सिको सीमामा कडाइ गर्ने आफ्नो प्रतिबद्धतामा यो कदम चाल्नुभएको हो ।

ट्रम्पले कार्यकारी आदेश जारी गरेर सिमाक्षेत्रमा आप्रवासीलाई समात्ने र छोड्ने नीतिको अन्त्य गर्ने बताउनुभएको छ । उहाँले आफ्नो कार्यकालको पहिलो चरणमा पूर्व राष्ट्रपति जो बाइडेन शासनकालका झण्डै ८० वटा कार्यकारी आदेशलाई रद्द गर्नुभएको छ ।

यस्तै ट्रम्पले यूएस क्यापिटल प्रकरणमा सजाय भोगिरहेका एक हजार पाँच सय बन्दीलाई माफी दिनुभएको छ । उहाँले अब राष्ट्रिय मेलमिलापको प्रक्रिया शुरु हुने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘एसपीपीमा नेपाल सामरिक रूपमा जोडिन मिल्दैन’ : पूर्वमुख्यसचिव बैरागी

काठमाडौंमा २४ घण्टा ग्यास बिक्रीको तयारी

सम्बन्धित

इरानसँग तनावबीच अमेरिकी नौसेनाले ‘अब्राहम लिंकन’को स्थानमा ‘जर्ज वासिङ्टन’ पठाउने

चीनलाई भन्सार छल्न ४० भन्दा बढी देशले सहयोग गरेको अमेरिकाको आरोप

ट्रम्पको कार्यकाल सकिएसम्म युद्ध लम्ब्याउने संकेत, ‘अमेरिकालाई थकाउने’ इरानको रणनीति

उत्तराखण्डको निर्माणाधीन सुरुङमा पहिरो, सात कामदारको मृत्यु, तीन बेपत्ता

पुटिनको कुरिल भ्रमणपछि जापानको सार्वभौमिकताको पक्षमा उभियो अमेरिका

इरानमाथि थप कडा आर्थिक कदम चाल्ने अमेरिकाको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu