ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संकटमा इजरायल-हमास युद्धविराम, आगोमा घ्यु थप्दै ट्रम्प


एबीसी न्यूज
२९ माघ २०८१, मंगलबार   ८ : ४३   बजे

काठमाडौं २९ माघ । इजरायल र हमासबीचको युद्धविराम गम्भीर संकटमा परेको छ। इजरायली पक्षले युद्धविराम सम्झौताका सर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै हमासले बन्धक रिहा प्रक्रिया रोकेको छ। युद्धविरामका बेला पनि इजरायली सेनाले गोली चलाएर गाजाबासीको ज्यान लिइरहेको छ। त्यस्तै गाजामा सेनाको संख्या बढाएको, आफ्नो स्थानमा फर्किन लागेका गाजाबासीलाई अवरोध गरेको लगायतका आरोप पनि हमासले इजरायलमाथि लगाएको छ।

त्यसपछि इजरायल र अमेरिकाले हिंसाको चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्ममा सम्पूर्ण बन्धक रिहा नभए सम्झौता भंग गर्नुपर्ने बताएका छन्।

ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँगको भेटपछि गाजापट्टी अमेरिकाले कब्जा गर्ने बताएका थिए। गाजाका बासिन्दालाई त्यहाँबाट अन्यन्त्र पठाउनुपर्ने उनको भनाइ छ।

ट्रम्पको यस्तो अभिव्यक्तिलाई इजरायलले अनुमोदन गरेको छ। इजरायली सेनालाई गाजाका नागरिकलाई सो ठाउँ छाड्न उत्प्रेरित गर्न आदेश दिइएको छ।

नाजुक युद्धविराममाथि संकट पैदा भएसँगै इजरायलले युद्धको तयारी पनि थालेको संकेत देखिन्छ। इजरायली सेनाले सैनिकका लागि छुट्टी रद्द गरेको छ भने गाजावरिपरि सैन्य संख्या पनि वृद्धि गरेको छ।

हमासले भने इजरायलले युद्धविरामका सर्त पालना गरे मात्रै बन्धक घर फर्किने बताएको छ। उसले धम्कीको भाषा प्रयोग नगर्न पनि चेताएको छ।

ट्रम्पको उत्तेजक अभिव्यक्तिले परिस्थितिलाई झनै गम्भीर तुल्याइरहेको छ। गाजाबासीलाई हटाउने ट्रम्पको अभिव्यक्ति र त्यसलाई अनुमोदन गर्ने इजरायली कदमका कारण सम्भवतः हमासले युद्ध अवश्यंभावी देखेको हुनुपर्छ।

सोही त्रासका कारण उसले बन्धक रिहा रोकेको अनुमान कतिपय विश्लेषकले गरेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group