ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालका लागि विनियोजित ४ करोड डलर अमेरिकाद्धारा रद्द


एबीसी न्यूज
४ फाल्गुन २०८१, आइतबार   १० : ११   बजे

काठमाडौैं ४ फागुन । अमेरिकाले नेपालका लागि बित्तिय संघीयता र जैविक विविधता छलफल शीर्षकमा छुट्याएको ३९ मिलियन डलरमा रोक लगाएको छ । इलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग डोजले नेपालका लागि छुट्याइएको उक्त रकम रद्द गरेको जनाएको छ ।

डोजले अन्य देशहरुमा दिनका लागि छुट्याइएको रकम पनि रद्द गरेको छ । त्यसमा ४० मिलियन डलरको लैंगिक समानता तथा महिला सशक्तिकरण हब, ३२ मिलियन डलरको प्राग सिभिल सोसाइटी सेन्टर, ४८६ मिलियन डलरको चुनाव र राजनीतिक प्रक्रिया सशक्तीकरण कन्सोर्टियम जस्ता परियोजनाहरू लगायत रहेका छन् ।

यसैगरी निर्वाचन सम्बन्धी सहयोगमा मोल्डोभाका लागि विनियोजित २२ मिलियन र भारतका लागि विनियोजित२१ मिलियन डलर पनि रद्द गरिएको छ । बंगलादेश, क्याम्बोडिया, लाइबेरिया, माली, सर्बिया, कोसोभो लगायत देशहरूमा लागु गरिने विभिन्न सामाजिक, आर्थिक, तथा राजनीतिक सुधार कार्यक्रमहरू पनि बन्द गरिएका छन्।

अमेरिकी अध्यागमनबारे अपडेटका लागि खसोखासबाट न्युजलेटर प्राप्त गर्न सब्सक्राइब गर्नुहोस् ।
निशुल्क न्युजलेटरका लागि यो अफर सिमित अवधिका लागिमात्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेपछि सबै प्रकारका वैदेशिक अनुदान ९० दिनका लागि निलम्बन गर्ने कार्यकारी आदेश जारी गरेका थिए, त्यसपछि अमेरिकालाई नेपाललाई गर्ने विभिन्न सहायताहरु प्रभावित भएका छन् ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसएआईडी० मार्फत प्रदान गरिने अनुदान निलम्बित भएपछि नेपालमा विशेषगरी बजेटबाहिरका परियोजनाहरू प्रभावित भएका छन्। अर्थ मन्त्रालयका अनुसार अमेरिकी सहयोग बजेटभित्र समेटिएका कार्यक्रमहरू सीमित मात्रामा मात्र रहेकोले यस निलम्बनको प्रत्यक्ष असर त्यस्ता बाह्य स्रोतमा निर्भर योजनाहरूमा परेको छ।

नेपाल सरकार र यूएसएआईडी बीच पछिल्लो पटक २०२२ मे १५ मा ६५ करोड ९० लाख अमेरिकी डलर बराबरको पाँचवर्षे रणनीतिक साझेदारी सम्झौता भएको थियो। तर, ट्रम्पले पद सम्हालेपछि सबै प्रकारका वैदेशिक अनुदान निलम्बन गर्ने कार्यकारी आदेश जारी गरेपछि यूएसएआईडीले अर्थ मन्त्रालय, गैरसरकारी संस्था, र गैरनाफामूलक कम्पनीहरूलाई पत्र पठाई अनुदानमा सञ्चालित सबै कार्यक्रम तत्कालका लागि रोकिएको जानकारी गराएको थियो।

अमेरिकाले सन् २०२३ मा १ सय ७६ देशलाई ६८ अर्ब अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको थियो। अनुदान प्राप्त गर्ने देशहरूको सूचीमा नेपाल १६ औं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu