ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेन युद्धविराम बारे रियादमा अमेरिका– रूसको वार्ता


एबीसी न्यूज
६ फाल्गुन २०८१, मंगलबार   ६ : ४६   बजे

पुटिनले ‘आवश्यक भएमा’ जेलेन्स्कीलाई कुराकानी गर्नेछन्,

काठमाडौं ६ फागुन । अमेरिका र रूसले साउदी अरेबियामा युक्रेन युद्ध समाप्ति र आपसी कूटनीतिक सम्बन्ध सुधारका लागि वार्ता सुरु गर्दा, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ूआवश्यक भएमाू युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गर्न तयार रहेको क्रेमलिनले जनाएको छ।

ूपुटिनले उनले आवश्यक परे युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको पुटिनले बताएको ,ू क्रेमलिनका प्रवक्ता दिमित्री पेत्रोभले मंगलवार संवाददाताहरूसँग बतएको एएफपीले जनाएको छ । युक्रेन भने साउदी अरेबियामा भइरहेको वार्तामा बाहिरमा सहभागी छैन ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले रुसी विदेश मन्त्री सर्गेइ लावरोवसँग रियादको दिरियाह प्यालसमा बैठक गरेका थिए । दुई समकक्षीको वार्ताले अमेरिकी–रूसी सम्बन्धमा एक सम्भावित सुधारको संकेत दिएको छ। २०२२ मा रूसको युक्रेन आक्रमण पछि वर्षौंदेखि तनावमा रहेको अवस्थामा यो नै अमेरिका र रुसबीचको प्रत्यक्ष उच्चस्तरीय वार्ता हो । अमेरिकाको परराष्ट्र नीतिलाई उल्ट्याएको भन्ददै नाटो सहयोगीलाई चिन्तित बनाएको युरोपेली मिडियाको टिप्पणी आइरहेको छ ।

रुबियोसँग अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्य पूर्वका दूत स्टीव विटकोफ पनि वार्तामा सहभागी थिए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार युरी उश्कोभ लावरोवसँग त्यहाँ उपस्थित थिए। साउदी विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल साउद र देशका राष्ट्रिय सुरक्षा सल्लाहकार मुसाद बिन मोहम्मद अल–आइबान पनि बैठकमा सामेल भएका थिए । तर उनीहरूले प्रारम्भिक चरणको कुराकानी पछि अमेरिकी–रुसी वार्ता बैठक छोडेको बताइएको छ ।

साउदी अरेबिया, विश्वव्यापी मामिलामा एक प्रमुख कूटनीतिक खेलाडीको रूपमा उभिएको छ । रियाद वार्ताका लागि एक तटस्थ मेज़बानको रूपमा अघि बढेको छ। यसले पहिले युक्रेन र रूस बीचको बन्दी साटासाटलाई समेत मध्यस्थ गरेको थियो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार संवाददाताहरूसँग भनेका थिए उनी बुधवार साउदी अरेबिया जान्नेछन्, तर उनको यात्रा अमेरिकी–रूसी बैठकसँग कुनै सम्बन्ध छैन।

‘युक्रेनलाई यस बारे केही थाहा छैन। र युक्रेनले युक्रेन बिना युक्रेनको बारेमा हुने कुनै पनि वार्तालाई परिणामहीन मान्दछ’ जेलेन्स्कीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu