ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प र जेलेन्स्की आरोप्रत्यारोपमा, जलेन्स्की अनिर्वाचित ‘तानाशाह’ : ट्रम्प


एबीसी न्यूज
८ फाल्गुन २०८१, बिहिबार   ५ : ३३   बजे

अमेरिकी राष्ट्रपति ट्रम्प ‘रुसको गलत सूचनाको भुलभुलैयामा फसेको’ जेलेन्स्कीको आरोप

काठमाडौं ८ फागुन । अमेरिका र युक्रेनबीचको सम्बन्ध आश्चार्यजनक रुपले एकअर्काप्रतिको चरम आरोपप्रत्यारोपका रुपमा विस्फोट भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी नेता भोलोडिमिर जेलेन्स्की चुनावी अवधि सकिएको अनिर्वाचित ‘तानाशाह’ भएकोचेतावनी दिएपछि दुई देशबीचको विवाद चर्केको छ ।

ट्रम्पले रियाद वार्ताको विकक्रक्रमका रुपमा जलेन्स्कीलाई भनेका थिए ‘उनले चाँडो कदम नचालेमा देश नै गुमाउनेछन्।’

Zelensky and Trump Trade Blows as Feud Escalates Over Peace Talks

जेलेन्स्कीले ट्रम्पलाई रुसको ‘गलत सूचना बुलबुला’मा फसेको भन्ने गम्भीर प्रत्यारोप गरेका छन् । ट्रम्पले युक्रेनलाई नै २०२२ मा रुसले गरेको आक्रमणको दोषी ठहर्याएर क्रेमलिनको बयानसँग मिल्न पुगेको भन्दै युरोपेली मिडियाले एकै स्वरमा ट्रम्पको ओलोचना गरेका छन् ।

ट्रुथ सोसल एपमा लेख्दै ट्रम्पले भनेका छन् ‘चुनावबिनाको तानाशाह, जेलेन्स्कीले चाँडो कदम नचालेमा उनको देश नै रहने छैन।’

ट्रम्पले जेलेन्स्कीलाई ‘खराब काम गरेको’आरोप लगाउँदै उनलाई अमेरिकी आर्थिक तथा सैन्य सहयोगको फाइदा उठाएको बताएका छन् । जेलेन्स्की युद्धलाई अन्त्य गर्नुको साटो लम्ब्याउने प्रयास गरिरहेको ट्रम्पले आरोप लगाएका छन् ।

ट्रम्पले भनेका छन् ‘एक सामान्य हास्य कलाकारले अमेरिकालाई ३५० अर्ब डलर खर्च गराएर यस्तो युद्धमा तान्यो, जुन जित्न सकिँदैनथ्यो र जसको सुरुआत नै आवश्यक थिएन।’

अमेरिका र युक्रेनबीचको तनाव बढिरहेको बेला मंगलबार साउदी अरेबियामा अमेरिकी र रुसी अधिकारीहरूबीच भएको वार्ताले वाशिङ्टनको दृष्टिकोणमा ठूलो परिवर्तन देखिएको संकेत गरेको छ। युक्रेन र युरोपलाई ती वार्ताबाट बाहिर राखिएको थियो । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अनुकूल पर्ने शान्ति सम्झौता गर्न खोजेको भन्दै युरोपेली नेताहरु त्रसित रहेको बताइएको छ ।

‘हामी युद्ध अन्त्य गर्न सफल वार्ता गरिरहेका छौँ, जुन केवल ट्रम्प र ट्रम्प प्रशासनले मात्र गर्न सक्छ,’ ट्रम्पले लेखेका छन् ।

यसअघि, जेलेन्स्कीले कीभमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले ‘रुसबाट आएको धेरै गलत सूचना फैलाइरहेकोू आरोप लगाएको द गार्डियनले लेखको छ । उनले भनेः ‘दुर्भाग्यवश, राष्ट्रपति ट्रम्प, जसलाई हामी सम्मान गर्छौं, उनी गलत सूचना बुलबुलामा फसेका छन्।’ गार्डियनले उल्लेख गरेको। छ।

ट्रम्पका पछिल्ला टिप्पणीहरूले भविष्यमा अमेरिकाले युक्रेनलाई दिने सहयोगमाथि ठूलो प्रश्न उठाएको छ। जेलेन्स्कीले यसअघि नै अमेरिकाको समर्थन बिना युक्रेनको अस्तित्व कठिन हुने बताएका थिए।

ट्रम्पले आफ्नो आरोप दोहोर्याउँदै जेलेन्स्कीले ‘चुनाव नगरेको’ र ‘युक्रेनी सर्वेक्षणहरूमा निकै कमजोर देखिएको’ बताइरहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

उता पूर्व अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ट्रम्पको भनाइको आलोचना गर्दै भनेका छन्ः ‘राष्ट्रपति महोदय, यो युद्ध युक्रेनले सुरु गरेको होइन। रुसले निर्दोष नागरिकहरूमाथि आक्रमण गर्दै यो युद्ध सुरु गर्‍यो।‘ गार्डियनको समाचारमा उद्धृत गरिएको छ ।
‘म ट्रम्प टोलीसँग अझ धेरै सत्यता चाहन्छु,’ जेलेन्स्कीले भने, जुन युक्रेन युद्धबारे ट्रम्पको दृष्टिकोणप्रति उनको अहिलेसम्मकै प्रस्ट आलोचना थियो भन्दै न्यूर्योक टाइम्सले उल्लेख गरेको छ ।

बेलायती प्रधानमन्त्री कीर स्टार्मरले बुधबार जेलेन्स्कीलाई समर्थन गर्दै भनेका छन् ‘युद्धकालमा चुनाव रोक्नु स्वाभाविक हो, जस्तै दोस्रो विश्वयुद्धमा बेलायतले रोकेको थियो । ।’ जर्मन चान्सलर ओलाफ शोल्जले पनि जेलेन्स्कीको लोकतान्त्रिक वैधतामाथि प्रश्न उठाउनु ‘गलत र खतरनाकू रहेको बताएको द गार्डियनले नै उल्लेख गरेको छ ।

ट्रम्पले जेलेन्स्कीको लोकप्रियता ४ प्रतिशत मात्र रहेको बताएपछि, जेलेन्स्कीले जवाफ दिँदै भनेका छन् ूहामीले यो गलत जानकारी देख्यौं, यो रुसबाट आएको बुझ्न सकिन्छ।’

युक्रेनी डिजिटल मामिलासम्बन्धी मन्त्री मिखाइलो फेडोरोभले भनेका छन् ‘जेलेन्स्कीको समर्थन ट्रम्पको भन्दा ४–५प्रतिशत बढी छ।’

ट्रम्प निकट अमेरिकी दैनिक पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको छ ‘उनले चुनाव गर्न अस्वीकार गर्छन्, युक्रेनी सर्वेक्षणहरूमा उनको लोकप्रियता निकै कम छ, र उनले राम्रो गर्ने एक मात्र कुरा भनेको बाइडेनलाई ‘सारङ्गीझैं बजाउनुु थियो’ ट्रम्पले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्’चुनावबिनाको तानाशाह, जेलेन्स्कीले चाँडो कदम नचालेमा उनको देश नै रहने छैन।’

अमेरिकी म्यागजिन न्युजविकले लेखेको छ: ‘उनी ‘जेलेन्स्कीे चुनाव गर्न अस्वीकार गर्छन्, युक्रेनी सर्वेक्षणहरूमा उनको लोकप्रियता निकै कम छ, र उनले राम्रो गर्ने एक मात्र कुरा भनेको बाइडेनलाई ‘सारङ्गीझैं बजाउनुु थियो। चुनावबिनाको तानाशाह, जेलेन्स्कीले चाँडो कदम नचालेमा उनको देश नै रहने छैन म युक्रेनलाई माया गर्छु, तर जेलेन्स्कीले अत्यन्तै खराब काम गरेका छन्, उनको देश टुक्रिएको छ, र लाखौं मानिसहरू अनावश्यक रूपमा मरेका छन्,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् । दुवै नेताबीचको कूटनीतिक भनाभन त्यति बेला चुलिएको छ, जब कीथ केल्लोग, युक्रेन र रसियाका लागि अमेरिकी विशेष दूत, जेलेन्स्कीको टोलीसँग महत्वपूर्ण वार्ताका लागि कीभ पुगेका छन् । केल्लोगले यसअघि यो महिनाको सुरुमा रोयटर्सलाई दिएको अन्तर्वार्तामा युक्रेनमा चुनाव ‘गरिनैपर्ने’ बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group