काठमाडौं १० फागुन । च्याम्पियन्स ट्रफी क्रिकेटमा आज अस्ट्रेलिया र इङ्ग्ल्याण्डले खेल्दैछन् । पाकिस्तानको लाहोरमा यो खेल दिउँसो पौने तीन बजे शुरू हुनेछ ।
दुई पटकको उपाधि विजेता अस्ट्रेलियाका केही प्रभावशाली खेलाडीले नखेल्ने भएका कारण दबाबमा छ । उसका प्याट कमिन्स, जोस हेजलउड चोटका कारण र मिचेल स्टार्कले व्यक्तिगत समस्याका कारण नाम फिर्ता लिएका छन् । इङ्ग्ल्याण्डका ज्याकब बेथेल पनि चोटका कारण नखेल्ने भएका छन् ।
हिजो भएको खेलमा दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा पहिलो पटक सहभागी अफगानिस्तानलाई एक सय ७ रनले हरायो ।
च्याम्पियन्स ट्रफीमा पाकिस्तान, भारत, बङ्गलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन् । अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् ।
भोलि समूह ‘ए’ का भारत र पाकिस्तानबीच दुबईमा खेल हुनेछ । भारतले आफ्नो पहिलो खेलमा बङ्गलादेशलाई हराएको थियो भने उद्घाटन खेलमा घरेलु टोली पाकिस्तान न्युजिल्याण्डसँग पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्