ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी राष्ट्रपति पुटिन ढिलो–चाँडो वार्तामा आउनैपर्छ : बेलायती प्रधानमन्त्री स्टार्मर


एबीसी न्यूज
१ चैत्र २०८१, शनिबार   ७ : ४५   बजे

काठमाडौं २ चैत । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ढिलो–चाँडो वार्तामा आउनैपर्ने बताउनुभएको छ ।

युक्रेनमा शान्ति सुनिश्चित गर्न आयोजित भर्चुअल बैठकमा बेलायती प्रधानमन्त्री स्टार्मरले विश्वका नेताहरूलाई पुटिन ढिलो–चाँडो वार्ताको टेबलमा आउनुपर्छ भन्नुभएको बीबीसीले जनाएको छ । यस्तै उहाँले विश्वका नेताहरूलाई युक्रेनमा सम्भावित शान्ति सम्झौताको रक्षा गर्न तयार रहन पनि आग्रह गर्नुभएको छ ।

यसअघि बेलायती प्रधानमन्त्री स्टार्मरले रुसी राष्ट्रपति पुटिन शान्तिको बारेमा गम्भीर नभएको आरोप लगाउँदै रुसमाथि दबाव जारी राख्न विश्व नेताहरूलाई आग्रह गर्नुभएको थियो । उहाँले पुटिनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्तावहरूसँग खेल खेल्न अनुमति दिन नसकिने भन्दै आफ्ना समकक्षीहरूलाई युक्रेनका लागि सुरक्षा ग्यारेन्टी प्रदान गर्न आग्रह गर्नुभएको हो ।

युक्रेनमा शान्ति सुनिश्चित गर्न आयोजित भर्चुअल बैठकमा युरोपेली साझेदारहरू, ईयू आयोग, नेटो, युक्रेन, क्यानडा र अन्यसहित झन्डै २५ जना नेता उपस्थित रहेका बेलायती प्रधानमन्त्री स्टार्मरको कार्यालय डाउनिङ्ग स्ट्रीटले बताएको छ ।

अमेरिकाले प्रस्ताव गरेको ३० दिने युद्धविरामलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समर्थन गरे पनि रुसी राष्ट्रपति पुटिनले अझै अनुमोदन गर्नुभएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले आफू सम्झौताका लागि आशावादी रहेको र पुटिनसँग राम्रो र उत्पादक वार्ता भएको बताउनुभएको बीबीसीको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच

सम्बन्धित

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

विश्वकप २०२६: फ्रान्स र स्पेन सेमिफाइनल भिडन्तको तयारी पूरा, इंग्ल्यान्ड–अर्जेन्टिना खेलको पनि प्रतिक्षा

नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच

राज्यले संरक्षण गरेकाहरुले नै मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने गतिविधि गरेका हुन्ः नेकपा सांसद मल्ल

सरकारले मिडिया र राजनीतिक नेतृत्वको माथि त्रास फैल्याउने गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्नुपर्दछः एमाले सांसद ठगुन्ना

विचाराधीन मुद्दामा गम्भीर अध्ययनबिना अभिव्यक्ति दिनु अनुपयुक्तः प्रमुख सचेतक ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu