ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धवल शमशेरमाथि फौजदारी अभियोगमा अनुसन्धान


एबीसी न्यूज
१६ चैत्र २०८१, आइतबार   १२ : ३७   बजे

काठमाडौं १७ चैत । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का महामन्त्री धवल शमशेर जबरालाई फौजदारी अभियोगमा पक्राउ गरेको खुलेको छ ।

जबरा प्रतिनिधि सभा सदस्य हुन् । उनी पक्राउ परेको सूचना नेपाल प्रहरीले सभामुख देवराज घिमिरे र संघीय संसद् सचिवालयलाई दिइसकेको छ । जहाँ फौजदारी अभियोगमा पक्राउ परेको उल्लेख छ ।

शुक्रबारको तिनकुने क्षेत्रमा राजावादीले प्रदर्शन गरेका थिए ।

त्यसक्रममा भएको हिंसात्मक गतिविधिको विवरण समेत उल्लेख गरेर संसद सचिवालयलाई सूचना दिइएको छ । जहाँ प्रहरीले जबरामाथि फौजदारी अभियोगमा अनुसन्धान भइराखेको उल्लेख छ ।

नेपालको संविधानको धारा १०३ मा सांसद पक्राउ परेपछि त्यसको सूचना सभामुख र संसद सचिवालयलाई दिनुपर्ने व्यवस्था छ ।

संघीय संसदको कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गर्न नपाइने उल्लेख छ । तर, फौजदारी अभियोगमा पक्राउ गर्न भने संविधानले रोकेको छैन ।

‘कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुन बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ,’ संविधानको धारा १०३ को उपधारा ६ मा उल्लेख छ ।

यसअनुसार सभामुखले धवल पक्राउ परेकोबारे संसदलाई जानकारी समेत गराउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group