ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘एलिएन रजिस्ट्रेसन’ नगरी अमेरिकामा ३० दिनभन्दा बढी बसे जेल


एबीसी न्यूज
२९ चैत्र २०८१, शनिबार   ११ : ५४   बजे

काठमाडौं ३० चैत । अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकले एलिएन दर्ता ऐन एलिएन रजिस्ट्रेसन एक्ट अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई जेल सजाय हुन सक्ने भएको छ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले आज ९अप्रिल ११० विदेशी दर्ता ऐनअन्तर्गत दर्ता गर्ने अन्तिम मिति भएको जानकारी गराउँदै उक्त कुरा बताएकी हुन्।

बीबीसीका अनुसार उनले भनेकी छन्, ‘एलिएन रजिस्ट्रेसन एक्टअन्तर्गत दर्ता गर्ने आज ९अप्रिल ११० अन्तिम मिति हो। संयुक्त राज्य अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकले संघीय सरकारमा पञ्जीकरण गर्नुपर्छ।’

उनले थपिन्, ‘पालना गर्न असफल हुनु जरिवाना, जेल वा दुवै सजाय हुने अपराध हो।’

क्यारोलिनले राष्ट्रपति डोनाल्ट ट्रम्पको भनाइ सम्झाउँदै भनिन्, ‘राष्ट्रपति ट्रम्प र गृह सुरक्षा सचिव क्रिस्टी नोएम दुवैले भनेझैँ यदि तपाईंले दर्ता गर्नुभएन भने तपाईंलाई पक्राउ गरिनेछ, जरिवाना गरिनेछ, देश निकाला गरिनेछ र कहिल्यै हाम्रो देश फर्कन सक्नुहुनेछैन।

यसैबीच अमेरिकी गृह सुरक्षा विभागले अप्रिल ११ मा जारी गरेको प्रेस विज्ञप्तिमा विदेशी नागरिकहरूलाई पनि यस ऐनअन्तर्गत दर्ता गर्न भनिएको छ।

त्यसमा होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले भनिन्, ‘राष्ट्रपति ट्रम्प र मेरो देशमा गैरकानुनी रूपमा प्रवेश गर्नेहरूका लागि स्पष्ट सन्देश छस् अब हाम्रो देश छाड्नुहोस्।’

प्रेस विज्ञप्तिमा अप्रिल ११ सम्म ३० दिन वा सोभन्दा बढी समयदेखि दर्ताको प्रमाणबिना अमेरिकामा रहेका विदेशी नागरिकलाई अप्रिल ११ सम्म तुरुन्तै दर्ता गर्न भनिएको छ।

दर्ता प्रमाणबिना २०२५ अप्रिल ११ वा त्यसपछि अमेरिका आउने विदेशी नागरिकलाई उनीहरूको आगमनको ३० दिनभित्र दर्ता गर्न भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu