ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको ‘एकतर्फी धम्की’ को विरोध गर्न भियतनामलाई सी जिनपिङकाे आग्रह


एबीसी न्यूज
२ बैशाख २०८२, मंगलबार   ७ : ३०   बजे

काठमाडौं २ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप कर लगाउने विचार गरिरहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले भियतनामलाई ‘धम्की’ को विरोध गर्न आग्रह गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सीले अमेरिकाको नाम नलिइकन भियतनामलाई विश्वव्यापी स्वतन्त्र व्यापार प्रणाली कायम राख्न ‘एकतर्फी धम्की’ को विरोध गर्न आह्वान गर्नुभएको बीबीसीले जनाएको छ ।

चिनियाँ राष्ट्रपति अहिले दक्षिणपूर्वी एशियाको यात्रामा हुनुहुन्छ । उहाँले मलेशिया र कम्बोडियाको पनि भ्रमण गर्नुहुनेछ । चिनियाँ राष्ट्रपतिको यो यात्रा लामो समयदेखि योजनाबद्ध भए पनि अमेरिकासँगको बढ्दो व्यापार युद्धका कारणले यसको महत्त्व बढेको खबरमा उल्लेख छ ।

ट्रम्प प्रशासनले गएको हप्ता उच्च भन्सार दर ९० दिनका लागि स्थगित गर्नुअघि भियतनामले ४६ प्रतिशतसम्म अमेरिकी करको सामना गरिरहेको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले भियतनामी नेताहरूसँगको सीको भेटले अमेरिकाले ‘बिगार्ने’ लक्ष्य राखेको टिप्पणी गर्नुभएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार सीले भियतनामको कम्युनिस्ट पार्टीका महासचिव तो लामलाई ‘एकपक्षीय धम्कीलाई संयुक्त रूपमा विरोध गर्न’ भन्नुभएको छ ।

विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध चुलिएको छ । ट्रम्प प्रशासनले यस महिनाको शुरूमा धेरैजसो चिनियाँ आयातमा १४५ प्रतिशतको भन्सार शुल्क लगाएको छ । यस्तै चीनले अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशत भन्सार शुल्क लगाएर जवाफ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group