ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र पाकिस्तानमा अप्राकृतिक रुपमा तापक्रम बढ्दो


एबीसी न्यूज
३ बैशाख २०८२, बुधबार   १२ : ४८   बजे

काठमाडौं ३ बैशाख । भारत र पाकिस्तानमा गर्मीयामको प्रारम्भिक अवस्था मै तापक्रम अप्राकृतिक रुपमा बढेको छ । बढेको गर्मीको लहरले कतिसम्मको तापक्रम वृद्धिलाई मानिसले सहन सक्छ भन्ने क्षमताको परिक्षण गर्ने विज्ञहरुले बताएका छन् ।

भारत र पाकिस्तानमा बसोबास गर्ने करोडौं मानिसका लागि गर्मीयामको तापक्रम शुरूकै महिनामा सहन गाह्रो भइरहेको सीएनएनले जनाएको छ ।

दुवै देशले ‘मे’ र ‘जुन’ महिनामा गर्मीयामको सबैभन्दा धेरै तापक्रमको अनुभव गर्छन्, तर यस वर्षको गर्मी मौसम सामान्य भन्दा चाँडै आएको छ र यो लामो समयसम्म रहने अनुमान गरिएको छ ।

तापक्रम वृद्धिले मानिसको स्वास्थ्यसँगै ऊर्जा आपूर्ति, महत्त्वपूर्ण बाली र जीविकोपार्जनमा ठूलो दबाब दिइरहेको छ ।

त्यहाँको मौसम विज्ञान विभागका अनुसार यो हप्ता दुवै देशमा तापक्रम अझै खतरनाक स्तरमा पुग्ने प्रक्षेपण गरिएको खबरमा उल्लेख छ ।

यो हप्ता पाकिस्तानको बलुचीस्तानमा अधिकतम तापक्रम ४९ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ । यो तापक्रम औसतभन्दा ८ डिग्री बढी हो ।

यस्तै दिल्लीमा यो महिना तीन पटक ४० डिग्री सेल्सियस नाघेको छ । यो औसतभन्दा ५ डिग्री बढी भएको मौसम विभागले जनाएको छ । यस्तै राजस्थानको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu