काठमाडौं ३ बैशाख । सवारी साधनले धुलो उडाएको भन्दै मनाङको नासोँका स्थानीयले सडक बन्द गरेका छन्।
नासोँ ९ दानाक्युका स्थानीले आज बिहान सडक अवरुद्ध गरेका हुन्।
चाइनिज हाइड्रो पावरले सडकमा पानी हाल्ने सहमति कार्यान्वयन नगरेपछि बाध्य भएर सडक अवरुद्ध गर्नु परेको स्थानीय लक्ष्मी लामाले बताइन्।
हाइड्रोपावरले दिनको दुईपटक सडकमा पानी छ्याप्ने सहमति भएपछि अवरोध हटाइएको उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस्