ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको फ्लोरिडा युनिभर्सिटीमा गोलीबारीः कम्तीमा दुई को मृत्यु, धेरै घाइते


एबीसी न्यूज
५ बैशाख २०८२, शुक्रबार   ६ : १०   बजे

काठमाडौं ५ चैत । अमेरिकाको फ्लोरिडा स्टेट युनिभर्सिटीको मुख्य क्याम्पसमा एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु भएको र धेरै जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

गन भायोलेन्स आर्काइभको तथ्याङ्क अनुसार यो घटना यो वर्ष फ्लोरिडाको छैटौं सामूहिक गोलीकाण्ड हो।

सुरक्षा अधिकारीहरूको पत्रकार सम्मेलनमा बताएको जानकारी यस्तो छ ।
घटनाक्रमः
गोलीबारी बिहान ११:५० बजे विद्यार्थी सङ्घ (स्टुडेन्ट युनियन) नजिकै शुरू भएको थियो, फ्लोरिडा स्टेट युनिभर्सिटीका प्रहरी प्रमुख जेसन ट्रमबोवरले बताए। युनिभर्सिटी प्रहरीले तत्काल प्रतिक्रिया जनाउँदै बन्दुकधारीलाई निष्क्रिय गरी पक्राउ गरेको उनले बताए। टालाहासी प्रहरी प्रमुख लरेन्स रेवेलले संदिग्ध बन्दुकधारीले प्रहरीको आदेश पालना नगरेको बताए।

पीडितहरूः मृत्यु भएका दुई जना युनिभर्सिटीका विद्यार्थी नभएको ट्रमबोवरले बताए। प्रहरीका अनुसार पाँच जनालाई गोली लागेको थियो, तर कुल छ जना अस्पताल भर्ना भएका छन् । छैटौं व्यक्ति संदिग्ध बन्दुकधारी हो कि होइन भन्ने तत्काल स्पष्ट छैन, तर अधिकारीहरूले उनलाई पनि अस्पताल लगिएको बताएका छन्।

संदिग्ध बन्दुकधारीः लियोन काउन्टी शेरिफ वाल्टर म्याकनिलले संदिग्धको पहिचान २० वर्षीय फिनिक्स इक्नरको रूपमा गरेका छन्। इक्नर लियोन काउन्टी शेरिफको डेपुटीको छोरा हुन्, । आक्रमणकारीकी आमा स्थानीय स्कूल रिसोर्स अफिसरको रूपमा कार्यरत छिन्। उनी हाल फ्लोरिडा स्टेट युनिभर्सिटीका विद्यार्थी भएको विश्वास गरिएको छ, ट्रमबोवरले बताए। संदिग्ध फिनिक्स इक्नरले पक्राउ पछि प्रहरीसँग कुरा गर्न अस्वीकार गरेका छन्, रेवेलले बताए।

हातहतियारः संदिग्धले आफ्नी आमाको हातहतियारमा पहुँच राखेका थिए । उनकी आमा शेरिफको कार्यालयमा कार्यरत छिन्, म्याकनिलले बताए। पक्राउ गर्दा संदिग्धसँग फेला परेको ह्यान्डगन उनकी आमाको पुरानो सर्भिस हतियार भएको रेवेलले बताए। एक प्रहरी अधिकारीले सीएनएनलाई बताएअनुसार स्टुडेन्ट युनियनमा शटगन र संदिग्धको कारमा अर्को बन्दुक पनि फेला परेको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यो गोलीबारीलाई ‘लज्जास्पद’ भनेका छन् । तर उनले देशको बन्दुक कानूनमा परिवर्तन गर्ने सम्भावना कम रहेको समेत बताएको सीएनएनले उल्लेख गरेको । उनले ओभल अफिसमा पत्रकारहरूसँग भने, ‘बन्दुकले गोली चलाउँदैन, मानिसले चलाउँछ।’

राष्ट्रपति ट्रम्पले यो घटनालाई ‘लज्जास्पद’भन्दै दोस्रो संशोधनको रक्षा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याए। उनले भने, ‘म दोस्रो संशोधनको ठूलो समर्थक हुँ, यो मेरो शुरूदेखिको अडान हो। यस्ता घटनाहरू भयानक छन्, तर म सधैं दोस्रो संशोधनको रक्षा गर्नेछु।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group