ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाबाट निर्वासित भएर थुनिएका भेनेजुएलाका नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने प्रस्ताव


एबीसी न्यूज
८ बैशाख २०८२, सोमबार   १० : ३९   बजे

काठमाडौं ८ बैशाख । एल साल्भाडोरका राष्ट्रपतिले अमेरिकाद्वारा निर्वासित भएर आफ्नो देशमा थुनिएका २५२ भेनेजुएलाका नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने प्रस्ताव गरेका छन् ।

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले भेनेजुएलाका समकक्षी निकोलस मादुरोसँग यदि भेनेजुएलाले यही सङ्ख्यामा राजनीतिक बन्दीहरूलाई रिहा गर्छ भने आफ्नो देशमा थुनिएका २५२ भेनेजुएलाका नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने प्रस्ताव गर्नुभएको हो ।

यीमध्ये अमेरिकी नागरिकसहित ५० जना अरु देशका कैदीहरू पनि समावेश छन् । उहाँले भेनेजुएलाका राजनीतिक बन्दीहरूलाई उनीहरूले राष्ट्रपति मादुरोको विरोध गरेकोले जेल हालिएकोमा भेनेजुएलाका निर्वासितहरू भने धेरैजसो बलात्कार र हत्या अभियोगमा जेल परेका बताउनुभएको बीबीसीले जनाएको छ ।

भेनेजुएला सरकारले कुनै पनि राजनीतिक बन्दी नरहेको तर्क गरिरहँदा अधिकारवादीले भने सरकारको तर्क अस्वीकार गरेका छन् । भेनेजुएला सरकारले भने कैदी आदनप्रदानको प्रस्तावमा सार्वजनिक रूपमा टिप्पणी गरेको छैन ।

पछिल्लो केही हप्तामा दुई सयभन्दा धेरै भेनेजुएलाका नागरिकहरूलाई अमेरिकाबाट एल साल्भाडोर पठाइएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उनीहरूलाई एउटा आपराधिक गिरोहका सदस्य भएको आरोप लगाउनुभएको छ । अमेरिकाले एल साल्भाडोरलाई निर्वासितहरूलाई आतङ्कवाद बन्दीगृहमा राख्न भुक्तानी गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu