ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी उपराष्ट्रपति आजदेखि भारत भ्रमणमा


एबीसी न्यूज
८ बैशाख २०८२, सोमबार   ११ : १४   बजे

काठमाडौं ८ बैशाख । अमेरिकी उपराष्ट्रपति जेडी भेन्स आज चार दिने भारत भ्रमणका लागि दिल्ली आइपुग्दै छन् ।

उनीहरूको स्वागतका लागि सडकहरूमा ठूला–ठूला होर्डिङहरू राखिएको छ भने दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भारतीय मूलकी श्रीमती ऊषा र तीन सन्तानसहित आज बिहान भारत भ्रमणमा आउन लागेका भेन्सले आजै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेन्स दिल्ली आइपुगेपछि सबैभन्दा पहिले आफ्ना परिवारसहित स्वामीनारायण अक्षरधाम मन्दिर जानेछन् ।

भारतीय समय अनुसार आज साँझ साढे ६ बजे प्रधानमन्त्री मोदीले प्रधानमन्त्री निवासमा भेन्स र उनको परिवारको स्वागत गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री निवासमा डिनर, त्यसपछि वार्ता

प्रधानमन्त्री मोदीले आज जेडी भेन्सको सम्मानमा रात्रिभोज ९डिनर० आयोजना गरेका छन् ।

त्यसपछि भारत र अमेरिकाबीच औपचारिक वार्ता हुने छ । उक्त वार्तामा भारतीय टोलीमा विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिस्री र अमेरिकामा भारतका राजदूत विनय मोहन क्वात्रा सहभागी हुनेछन् ।

पाँच सदस्यीय अमेरिकी प्रतिनिधिमण्डल सहित आउन लागेका भेन्सले भारतका आगरा र जयपुर भ्रमण गर्ने कार्यक्रम पनि छ ।

ट्यारिफ, व्यापार र रक्षा प्रमुख एजेण्डा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ६० देशमा ट्यारिफ ९आयात शुल्क० लगाएको बेला उपराष्ट्रपति जेडी भेन्सको यो भ्रमणलाई चासोका साथ हेरिएको छ । त्यसैले दुवै देशबीच हुने वार्तामा व्यापारको विषय सबैभन्दा प्रमुख बन्ने छ ।

यसका साथै क्षेत्रीय सुरक्षा र आपसी सम्बन्धहरूबारे पनि छलफल हुने अपेक्षा गरिएको छ ।

भारत–अमेरिका व्यापार सम्झौताको पहिलो चरण सम्पन्न गर्न भेन्सको यो भ्रमण महत्त्वपूर्ण मानिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

दुवै देशले सन् २०३० सम्ममा आपसी व्यापार ५०० अर्ब डलरसम्म पुर्‍याउने लक्ष्य राखेका छन्, त्यसैले भेन्स र मोदीबीच व्यापार, आयात शुल्क र शुल्कका बाधाहरू हटाउनेबारे विस्तृत छलफल हुने सम्भावना छ ।

यसका साथै, ट्रम्प प्रशासनको ट्यारिफ नीतिका कारण देखिएको तनाव कम गर्दै आपसी समझदारी बनाउनेतर्फ पनि भेन्सको यो यात्रा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

यस्तो छ अमेरिकी उपराष्ट्रपतिको भ्रमण तालिका

जेडी भेन्स आज बिहान दिल्ली आएपछि राति नै जयपुरतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । त्यहाँ उनी रामबाग प्यालेसमा बस्ने छन् ।

२२ अप्रिल अर्थात् वैशाख ९ गते भेन्स जयपुरमा आमेर फोर्ट, सिटी प्यालेस र जन्तर मन्तर अवलोकन गर्ने छन् । उनी जयपुरमा आयोजना हुने इन्टरनेसनल बिजनेस समिटमा पनि सहभागी हुने छन् ।

२३ अप्रिल अर्थात् वैशाख १० गते भेन्स आफ्ना परिवारसहित आग्राको ताजमहल हेर्न जानेछन् ।

आगराबाट पुनः जयपुर फर्किएपछि २४ अप्रिल अर्थात् वैशाख ११ गते भेन्स अमेरिका फर्किने कार्यक्रम छ ।

जेडी भेन्सको परिवारको यो पहिलो भारत भ्रमण हो । भेन्सकी पत्नी ऊषा भारतीय मूलकी हुन् । ऊषाका बाबुआमा आन्ध्र प्रदेशको पूर्वी गोदावरी र कृष्णा जिल्लाका हुन्, जो पछि अमेरिका गएका थिए र त्यहीँ बसोबास गरेका थिए ।

ऊषाको जन्म अमेरिकामै भएको थियो । उनी पहिलोपटक भारत आइरहेकी छन् ।

भेन्स र ऊषाका तीन सन्तान छन्– इवान, विवेक र मीराबेल । ऊषा भेन्सले आफ्नो पहिलो भारत भ्रमणलाई लिएर निकै उत्साहित रहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group