ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानको स्पष्टीकरण: कश्मीर हमलामा हाम्रो कुनै सरोकार छैन


एबीसी न्यूज
१० बैशाख २०८२, बुधबार   १ : १६   बजे

काठमाडौं १० बैशाख । पाकिस्तानले जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार दिउँसो २:४५ बजे कश्मीरको पर्यटकी स्थल पहलगामको बैसरन उपत्यकामा आतंकवादी आक्रमण हुँदा मारिनेको संख्या अहिलेसम्म २८ पुगेको छ।
उक्त हमलाको जिम्मेवारी लश्कर-ए-तैयबाको संगठन टीआरएफले लिएको छ। यसले यसअघि पनि जम्मु–कश्मीरमा धेरैपटक आक्रमण गरिसकेको छ। अहिलेसम्मको अनुसन्धानले पहलगाम आतंकवादी हमलाको षड्यन्त्र पाकिस्तानको रावलकोटमा रचिएको खुलासा गरेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन्।
यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पहलगाम आक्रमणमा आफ्नो देशको कुनै सम्बन्ध नभएको बताएका हुन्।
उनले भनेका छन्, ‘यसमा हाम्रो कुनै सरोकार छैन। हामी हरेक किसिमका आतंकवादलाई हरेक स्थानमा अस्वीकार गर्छौं।’
पास्कितान सरकारले पनि विज्ञप्ति जारी गरी घटनाप्रति दुःख त व्यक्त गरेको छ तर जम्मु-कश्मीर भारतले अवैध रूपमा कब्जा गरेको आरोप पनि लगाएको छ।
उसले विज्ञप्तिमा भनेको छ, ‘भारतले अवैध तरिकाले कब्जा गरेको जम्मु-कश्मीरको अनन्तनाग जिल्लामा भएको आक्रमणमा पर्यटकहरूको मृत्यु भएकामा हामी अत्यन्त दुःखी छौँ। हामी मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दछौँ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।’ उक्त हमलामा एक नेपाली मारिएका छन् भने अर्का नेपाली घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu