ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेस्लाको नाफा घटेपछि मस्कले ट्रम्पको प्रशासनमा आफ्नो भूमिका घटाउने


एबीसी न्यूज
१० बैशाख २०८२, बुधबार   ४ : ०५   बजे

काठमाडौं १० बैशाख । वर्षको पहिलो तीन महिनामा कम्पनीको नाफा र राजस्व घटेपछि टेस्ला कम्पनीका प्रमुख एवम् अमेरिकी अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा आफ्नो भूमिका घटाउने बताउनुभएको छ ।

मस्क ह्वाइट हाउसमा विशेष पदमा नियुक्त भएपछि विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बिक्री घटेको र कम्पनीले आलोचनाको सामना गर्नुपरेको बीबीसीले जनाएको छ ।

टेस्लाले सार्वजनिक गरेको सन् २०२५ को पहिलो त्रैमासिक प्रतिवेदनमा ‘अटोमोटिभ’ अर्थात् मोटरगाडीसँग सम्बन्धित आम्दानी गएको वर्षको त्यही अवधिको तुलनामा २० प्रतिशतले घटेको उल्लेख छ । यस्तै नाफा ७० प्रतिशतभन्दा धेरैले घटेको छ । मस्कले आफ्नो ध्यान कम्पनीबाट हटेको स्वीकार गर्नुभएको खबरमा उल्लेख छ ।

राष्ट्रपति चुनावमा मस्कले ट्रम्पलाई आर्थिक सहयोगसहित चुनावी अभियानमा पनि सहभागी हुनुभएको थियो । अहिले मस्कले सङ्घीय खर्च कटौती गर्न र सरकारी कार्यबल घटाउन ट्रम्पको सरकारी दक्षता विभागको नेतृत्व गरिरहनुभएको छ ।

मस्कको राजनीतिक संलग्नताले विश्वभर टेस्लाको विरोध र बहिष्कारको अवस्था निम्त्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu