ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतमा रुस–युक्रेन युद्धविराम वार्ताबाट शीर्ष अमेरिकी अधिकारीहरू बाहिरिए


एबीसी न्यूज
१० बैशाख २०८२, बुधबार   ७ : २९   बजे

काठमाडौं १० बैशाख । बेलायतको राजधानी लन्डनमा रुस–युक्रेन युद्धविराम वार्ताबाट शीर्ष अमेरिकी अधिकारीहरू बाहिरिएका छन् । युक्रेन र रुसबीच युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले लन्डनमा हुने वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विटकफ सहभागी नहुने बीबीसीले जनाएको छ ।

बुधवारको बैठक बेलायत, फ्रान्स, जर्मनी, युक्रेन र अमेरिकाका वरिष्ठ अधिकारीहरूबीच हुनेछ भने बेलायती विदेश सचिव डेभिड ल्यामीले आफ्ना युक्रेनी समकक्षीसँग द्विपक्षीय बैठक आयोजना गर्नुहुनेछ । अब वार्तामा अमेरिकाको प्रतिनिधित्व युक्रेनका लागि राजदूत जनरल किथ केलगले गर्नुहुनेछ ।

रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न कूटनीतिक प्रयासहरूको गति तीव्र हुँदै जाँदा अमेरिकी विदेशमन्त्रीले यस हप्ता रुसको राजधानी मस्कोमा हुने वार्तामा ध्यान केन्द्रित गर्ने खबरमा उल्लेख छ ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अहिलेको नियन्त्रण रेखाको आधारमा युक्रेनसँगको युद्ध रोक्ने प्रस्ताव गर्नुभएको खबरमा उल्लेख छ । यद्दपि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कब्जा गरिएको क्रिमियालाई रुसी क्षेत्रको रूपमा मान्यता दिने कुरा अस्वीकार गर्नुभएको छ ।

यस हप्ताको शुरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्तिवार्तामा कुनै प्रगति नभएमा अमेरिका मध्यस्थताबाट बाहिरिने धम्की दिनुभएको थियो ।

यसैबीच युक्रेनमा कामदारहरू बोक्ने बसमा रुसी ड्रोन आक्रमणमा कम्तीमा नौ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group