ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतका कुनै पनि आक्रमणको उचित जवाफ दिन १०० प्रतिशत स्थितिमा छौँ: पाकिस्तान


एबीसी न्यूज
११ बैशाख २०८२, बिहिबार   ८ : ०७   बजे

काठमाडौं ११ बैशाख । जम्मु(कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच द्वन्द्व बढेको छ।

यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले कुनै पनि भारतीय आक्रमणको उचित जवाफ दिन आफूहरू तयार रहेको बताएका छन्।

भारतले सिन्धु जल सन्धिको निलम्बन, अटारी सीमा बन्दलगायत पाकिस्तानविरुद्ध पाँच निर्णय गरेपछि पाकिस्तान रुष्ट भएको छ।

बीबीसी उर्दुका अनुसार, एक पाकिस्तानी च्यानलसँग कुरा गर्दै पाकिस्तानका रक्षामन्त्री आसिफले भारत लामो समयदेखि सिन्धु जल सन्धिबाट बाहिर निस्कन चाहेको टिप्पणी गरेका हुन्।

यसै क्रममा उनले भनेका छन्, पाकिस्तान कुनै पनि भारतीय आक्रमणको उचित जवाफ दिन १०० प्रतिशत स्थितिमा छ।’

यद्यपि उनले जम्मु(कश्मीरमा भएको हमला निन्दनीय भएको र आतंकवादलाई कुनै पनि हिसाबले समर्थन गर्न नसकिने बताएका छन्।

पाकिस्तानका रक्षामन्त्रीका अनुसार, ‘भारतको संरक्षणमा बलुचिस्तानमा आतंकवाद फस्टाउँदै छ। जाफर एक्सप्रेस घटनामा के भयो भन्ने सबैलाई थाहा छ। भारतले पृथकतावादीहरूलाई आश्रय दिएको छ। बलुचिस्तानका पृथकतावादीहरू उपचारका लागि भारत जान्छन्। यसका धेरै प्रमाण छन्।’

ख्वाजा आसिफले भारतले पहलगाम घटनाका लागि अरूलाई दोष दिनुको सट्टा आफैँलाई जिम्मेवार बनाउनुपर्ने सुझाव पनि दिएका छन्।

उनले भने, ‘यो पनि सम्भव छ कि पहलगाम आक्रमण भारत आफैँले गरेको ुझुटा अपरेसनु थियो।’

उनले थपे, ‘कसैले भारतलाई सोध्नु पर्छ( यदि कश्मीरमा निर्दोष मानिसहरू मारिरहेका छन् भने दशकौँदेखि त्यहाँ उपस्थित सात लाख सैनिक के गरिरहेका छन्रु’

मंगलबार जम्मु(कश्मीरको पहलगाममा आतंकवादी हमला हुँदा एक नेपालीसमेत २८ जना मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यस आक्रमणमा भारतले पाकिस्तानको हात रहेको आशंका गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group