ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जम्मू–कश्मीर घटनापछि भारत र पाकिस्तानबीचको सम्बन्ध थप बिग्रियो


एबीसी न्यूज
११ बैशाख २०८२, बिहिबार   १२ : ०४   बजे

काठमाडौं ११ बैशाख । दुई छिमेकी देश भारत र पाकिस्तानबीचको सम्बन्ध थप बिग्रिएको छ । विगतदेखि नै राम्रो सम्बन्ध नभएका यी दुई देशबीच जम्मू–कश्मीरमा भएको आक्रमणपछि सम्बन्ध थप चिसिएको हो । पाकिस्तानले ‘सीमा–पार आतङ्कवाद’ लाई समर्थन गरिरहेको भारतको आरोप छ ।

अस्ति मङगलवार जम्मू–कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणमा भारतले पाकिस्तानलाई गम्भीर आरोप लगाउँदै कडा प्रतिक्रिया जनाएको छ । साथै कडा कूटनीतिक कदम सार्वजनिक गरेको छ ।

विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमार्फत भारतले सन् १९६० मा गरिएको ‘इन्डस जल सम्झौता’ तत्काल स्थगित गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

सिन्धु जल सन्धिका रुपमा चिनिने यो सम्झौता सफल अन्तर्राष्ट्रिय सन्धिका रूपमा लिइन्छ । दुई देशबीच पटक–पटक युद्ध हुँदा पनि यो सन्धिमा असर पर्ने गरेको थिएन । जबसम्म पाकिस्तानले सीमा–पार आतङ्कवादप्रति समर्थन त्याग गर्दैन, तबसम्म यो सम्झौता स्थगित रहने उहाँले बताउनुभएको छ ।

इन्डस जल सम्झौताले भारत र पाकिस्तानलाई तीन–तीन वटा हिमाली नदीहरूको अधिकार प्रदान गर्दै जल उपयोग तथा सिँचाइका लागि व्यवस्था मिलाएको थियो ।

सम्झौता कार्यान्वयन गर्न इन्डस आयोग पनि स्थापना गरिएको थियो, जसले उत्पन्न समस्याहरूको समाधान गर्ने जिम्मेवारी पाएको थियो ।

साथै, भारतले पाकिस्तानसँगको मुख्य स्थल सीमा अटारी–वाघा नाका तत्काल बन्द गर्ने निर्णय गरेको छ । यद्यपि, वैध यात्रा कागजात भएका व्यक्तिहरूलाई ‘मे’एक तारिख अर्थात अबको एक हप्ता अगाडि फर्किन छुट दिइएको छ ।

यो सीमा नाका प्रतीकात्मक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ, जहाँ हरेक बेलुका भारत–पाकिस्तानका सैनिकहरूबीच हुने परेडले दुई देशबीचको प्रतिस्पर्धालाई दर्शाउने गर्छ ।

भारतले नयाँ दिल्लीको पाकिस्तान दूतावासका रक्षा सल्लाहकार र अन्य सैन्य अधिकारीलाई एक हप्ताभित्र भारत छोड्न निर्देशन दिएको छ ।

त्यस्तै पाकिस्तानमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेना सल्लाहकारहरूलाई पनि भारतले फिर्ता बोलाउने भएको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आज राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउनुभएको छ ।

पहलगाममा पर्यटकमाथि भएको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group