ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार बम आक्रमणमा रुसी जनरल मारिए


एबीसी न्यूज
१२ बैशाख २०८२, शुक्रबार   ७ : ३१   बजे

काठमाडौं १२ बैशाख । मस्कोमा भएको कार बम आक्रमणमा रुसी सेनाका जनरल यारोस्लाभ मोस्कालिक मारिएका छन्।

उनी रुसियन जनरल स्टाफुको मुख्य परिचालन विभागका उपप्रमुख थिए। रुसको अनुसन्धान समितिले यसको पुष्टि गरेको बीबीसीले जनाएको छ।

हत्याबारे अनुसन्धान समितिकी प्रवक्ता स्वेतलाना पेट्रेन्कोले भनिन्, ‘छर्राले भरिएको फक्सवागन गल्फ कार आईईडीका कारण विस्फोट भएको थियो।’

सन् २०१५ मा पेरिसमा रुसले युक्रेनसँग वार्ता गर्दा जनरल यारोस्लाभ मोस्कालिकले रुसी पक्षको नेतृत्व गरेका थिए।

रुस र युक्रेनबीच जारी युद्धमा रुसी सैन्य कर्मचारीमाथि यसरी आक्रमण भएको यो पहिलोपटक होइन।

यसअघि पूर्वी युक्रेनमा रहेको रुस समर्थक अर्धसैनिक समूहका नेता आर्मेन सार्गस्यान उत्तरपश्चिमी मस्कोको एक आवासीय भवनमा भएको विस्फोटमा घाइते भएका थिए र पछि अस्पतालमा उनको मृत्यु भएको थियो।

डिसेम्बर २०२४ मा युक्रेनको एसबीयू सुरक्षा सेवाले राजधानीको एक आवासीय ब्लक बाहिर एक उच्च पदस्थ जनरलको हत्याको पछाडि आफ्नो हात रहेको स्वीकार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group