ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्डरग्राउन्ड डन दाउद इब्राहिमबारे अमेरिकी संसदमा विफ्रिङ


admin
९ चैत्र २०७४, शुक्रबार   ५ : २१   बजे

काठमाडौं, ९ चैत । भारतीय मुलका डन दाउद इब्राहिमबारे अमेरिकी संसदमा विफ्रिङ गरिएको छ । इब्राहिम नेतृत्वको आतंककारी समूह डी–कम्पनी अन्य थुप्रै क्षेत्रहरुमा फैलिएको र शक्तिशाली अन्तरदेशीय आतंकवादी तथा अपराधिक संगठनका रुपमा विकास भएको अमेरिकी विधायकहरु समक्ष बताइएको छ ।

भारतमा केही आतंकवादी आक्रमण गराएर वान्टेडको सूचीमा रहेका अन्डरवर्ल्ड डन दाउद अहिले पाकिस्तानको कराँचीमा रहेको बताइन्छ । तर, पाकिस्तानले आफ्नो देशमा उनको उपस्थिति नकार्दै आएको छ ।

‘भारतबाट उम्रिएको डी कम्पनीले लागूऔषध ओसारपसारको केन्द्रविरुद्धको रुपमा कराँचीको ऐतिहासिक भूमिकालाई विस्तार गरेको छ,’ जर्ज मासोन युनिभर्सिटीका प्राध्यापक डा। लुइस शेल्लीले विधायकहरुलाई भनेका छन् । डी कम्पनी अहिले धेरै क्षेत्रमा छरिएको उनले दावी गरे ।

‘मेक्सिकन लागूऔषध संगठनहरुजस्तै डी कम्पनी छरिएको छ । उनीहरु हतियार र नक्कली डीभीडीहरुको ओसारपसारका साथै वित्तीय सेवामा समेत संलग्न छन्,’ उनले भने ।

दाउदविरुद्ध भारतको लामो अभियानलाई अमेरिकाले सन् २००३ मा मान्यता दिएको थियो, जब उसले दाउदलाई अलकाइदासँग जोडिएको विश्वव्यापी आतंकवादी घोषणा गर्‍यो ।

सोही अवसरमा नेसनल डिफेन्स युनिभर्सिटीका प्रोफेसर सेलिना बी रिलुयोले हालै अफगानिस्तानको काबुलमा भएका आक्रमणहरु नियोजित हुनुका साथै पाकिस्तानबाट सुरक्षितरुपमा सञ्चालन गरिएको बताइन् ।

सन् २०१८ मा विश्वले धेरै घातक आक्रमणहरु व्यहोरिसकेको छ । गत २० जनवरीमा काबुलमा २० बन्दुकधारी र सुरक्षाकर्मीबीचको गोली हानाहानमा २२ जनाको मृत्यु भएको थियो, जसमा ४ जना अमेरिकीहरु थिए ।

यसैगरी, २७ जनवरीमा एक आक्रमणकारीले काबुलमै एम्बुलेन्समा विष्फोट गराउँदा १०० जनाको मृत्यु भएको थियो । उक्त आक्रमणको जिम्मेवारी तालिवानले लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group