ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका र युक्रेनबीच आर्थिक साझेदारी सम्झौता


एबीसी न्यूज
१८ बैशाख २०८२, बिहिबार   ९ : १४   बजे

काठमाडौं १८ बैशाख । अमेरिका र युक्रेनले आर्थिक साझेदारी सम्झौता गरेका छन् । जसमा अमेरिकाले युक्रेनका दुर्लभ खनिजमा पहुँच प्राप्तीसँगै युक्रेनमा लगानी कोष स्थापना सम्झौता भएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गएको जनवरीमा फेरि ह्वाइट हाउस फर्किएपछि दुई देश बीच स्रोतसम्बन्धी सम्झौता गर्न वार्ता भइरहेको थियो ।

केही हप्ता लामो वार्तापछि यो सम्झौता गरिएको हो । यसअघि युक्रेन अमेरिकाबीच तनाव उत्पन्न भई अमेरिकी सहायतासमेत रोकिएको थियो ।

अमेरिकी ट्रेजरी विभागले हिजो सम्झौताको घोषणा गर्दै ट्रेजरी सचिव स्कट बेसन्टले अमेरिका यो निरर्थक युद्ध अन्त्य गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

यो सम्झौताले रुसलाई ट्रम्प प्रशासन स्वतन्त्र, सार्वभौम र समृद्ध युक्रेनका लागि दीर्घकालीन शान्ति प्रक्रियामा प्रतिबद्ध छ भन्ने सन्देश दिएको समेत बताउनुभएको छ ।

युक्रेनकी अर्थमन्त्री युलिया स्विरीडेन्कोले वासिङ्टनमा यो सम्झौतामा युक्रेनी सरकारको तर्फबाट हस्ताक्षर गर्नुभएको तस्वीरहरु सार्वजनिक भएका छन ।

उहाँले एक्समा आफ्नो भूभाग र समुद्री क्षेत्रमा रहेका सबै स्रोत युक्रेनकै भएको दाबी गर्नुभएको छ । भूमिगत स्रोतहरूको स्वामित्व युक्रेजसँगै रहने भन्ने सम्झौतामा स्पष्ट रूपमा उल्लेख गरिएको उहाँको भनाइ छ ।

सम्झौताको हिजो अन्तिम समयमा उत्पन्न कागजातसम्बन्धी विवादले रोकिन लागेको थियो र यो सम्झौता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरीमा वासिङ्टन भ्रमणका क्रममा गर्ने योजना थियो, तर भ्रमण ह्वाइट हाउसमा भएको विवादास्पद बैठकपछि छोट्याइएपछि सम्झौता स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu