ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपरेशन सिन्दूरु जारी छ, पाकिस्तानले सैन्य कारबाही गरे कडा जवाफ दिने – भारत


एबीसी न्यूज
२५ बैशाख २०८२, बिहिबार   ४ : ५२   बजे

काठमाडौं, २५ वैशाख । भारतले पाकिस्तानमा शुरू गरेको गरेको ‘अपरेशन सिन्दूर’ जारी रहेको जनाएको छ । रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा आज दिल्लीमा सर्वदलीय बैठक बसेको थियो । बैठकमा रक्षामन्त्री सिंहले सबैलाई ‘अपरेशन सिन्दूर’ को बारेमा जानकारी दिनुभएको केन्द्रीय संसदीय कार्यमन्त्री किरेन रिजिजूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मन्त्री रिजिजूले ‘अपरेशन सिन्दूर’ निरन्तर चल्ने अपरेशन रहेको र सर्वदलीय बैठक प्रभावकारी रूपमा सम्पन्न भएको बताउनुभयो । यस्तै सर्वदलीय बैठकमा सबै दल र नेताहरूले सरकारलाई पूर्ण समर्थन गर्दै सेनाको आक्रमणमा साथ रहेको विश्वास दिलाएका खबरमा उल्लेख छ ।

यसैबीच भारतका विदेशमन्त्री एस जयशङ्करले पाकिस्तानले भारतविरुद्ध सैन्य कारबाही गरे कडा जवाफ दिइने बताउनुभएको छ । इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा जयशङ्करले पाकिस्तानलाई चेतावनी दिनुभएको हो ।

यस्तै पाकिस्तानले भारतबाट दोस्रो आक्रमण भएको आरोप लगाएको छ । राजधानी इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी सेनाका प्रवक्ताले भारतले देशविरुद्ध दोस्रो स्पष्ट सैन्य आक्रमण गरेको दाबी गरेका खबरमा उल्लेख छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीच तनाव चर्किँदै जाँदा मध्यस्थताको प्रस्ताव गर्नुभएको छ ।

२६ जना पर्यटकको ज्यान जाने गरी जम्मू–कश्मीरको पहलगाममा गएको महिना भएको आतङ्कवादी आक्रमणाको दुई हप्तापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न ठाउँमा शृङ्खलाबद्ध हवाई हमला गरेको छ । भारतीय सेनाको आक्रमणबाट कम्तीमा ३१ जना र पाकिस्तानी सेनाले गरेको गोलाबारीमा १५ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेटस् बैशाख २५, २०८२

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu