ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाईअलर्टमा भारत : स्वास्थ्यकर्मी र कर्मचारीको बिदा रद्द, शिक्षणसंस्था बन्द


एबीसी न्यूज
२६ बैशाख २०८२, शुक्रबार   ६ : २२   बजे

काठमाडौं, २६ वैशाख । पाकिस्तानसँग तनाव बढेपछि भारतभर उच्च सतर्कता अपनाएको छ । ६ वटा राज्यमा सरकारी स्वास्थ्यकर्मी र कर्मचारीहरुको बिदा रद्द गरिएको छ भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ । सरकारले सुरक्षा निकायहरू हाई अलर्टमा राखेको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार भारत सरकारले पन्जाब, हरियाणा, राजस्थान, गुजरात, पश्चिम बंगाल र बिहारमा उच्च सतर्कता अपनाइएको छ ।
यस्तै पन्जाबका फिरोजपुर, पठानकोट, फाजिल्का, अमृतसर, गुरदासपुर र तरनतारन जस्ता सीमावर्ती जिल्लाका सबै स्कुल र कलेजहरुमा तीन दिन बिदा दिइएको छ ।

साथै भारत सरकारले देशभरका २७ विमानस्थलहरु बन्द गरेको छ ।

ताजमहलमा उच्च सतर्कता

भारत-पाकिस्तानबीच बढ्दो तनाव र भारतले पाकिस्तानविरुद्ध सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’ पश्चात् विश्वप्रसिद्ध ऐतिहासिक धरोहर ताजमहलको सुरक्षालाई समेत उच्च सतर्कतामा राखिएको छ ।

ताजमहल क्षेत्रमा विशेष जाँच अभियान चलाइएको छ । वाच टावरहरू निरन्तर निगरानीमा छन्, फिल्ड युनिटहरू सक्रिय छन्, र बुलेटप्रुफ युनिट पनि परिचालनमा छन् ।

ताजमहल आउने–जाने प्रत्येक व्यक्तिमाथि निगरानी राखिएको छ । वरपरका होटलहरूमा पनि सुरक्षा जाँच भइरहेको छ ।

प्रहरीले सर्वसाधारणलाई कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त जानकारी दिन आग्रह गरेको छ ।

ताजमहलको प्रवेश बिन्दुबाटै कडाइका साथ चेकिङ भइरहेको छ । सुरक्षा बलहरू ताजमहलको परिसरभित्र र बाहिर दुबै स्थानमा तैनाथ छन् । प्रत्येक आगन्तुकको सोधपुछ गर्ने गरेका छन् ।

निगरानीका लागि ९ वटा चेकिङ बेरियर, ८ वटा बुलेटप्रुफ टोली र ६ वटा वाच टावरलाई सक्रिय बनाइएको छ ।

ताजमहल वरपरका होटलहरूमा सुरक्षा प्रहरी, पर्यटन प्रहरी र ताजगञ्ज थानाको प्रहरीले आगन्तुकहरूमाथि सोधपुछ र जाँच गर्ने गरेका छन् । आवतजावत गर्नेहरूको विवरण समेत संकलन गरिएको ताज सुरक्षा एसीपी सैयद अरीब अहमदले बताए । उनले भनेका छन्, ‘ताजमहलको सुरक्षा थप बलियो पारिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu