ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र पाकिस्तानबीचको सैन्य कारबाहीका कारण आईपीएल क्रिकेट रद्द


abc news
२६ बैशाख २०८२, शुक्रबार   ४ : ११   बजे

काठमाडौ २६ बैशाख । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० ले इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेट रद्द गरेको छ । आजदेखि आईपीएलका बाँकी खेलहरु आयोजना हुने छैनन् । भारत र पाकिस्तानबिचको पछिल्लो तनावको असर आईपीएलमा परेको हो ।

दुबै राष्ट्रले एक–अर्काविरुद्ध सैन्य कारबाही शुरु गरेका कारण बीसीसीआईले आईपीएल रद्द गर्ने निर्णय लिएको हो । दुबै देशबी तनाव शुरु भएपछि आईपीएल खेलाइने रङ्गशालाहरुमा पनि आक्रमणको धम्की प्राप्त भएका थिए ।

आईपीएल खेलिरहेका विदेशी खेलाडीहरुमा पनि त्रास देखिएको थियो । हिजोको खेल प्रभावित बनेको थियो । यी सबै पक्षलाई ध्यानमा राखेर आईपीएल रद्द गर्ने निर्णय भएको बीसीसीआईलाई उद्दृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बीसीसीआईले सरकार र आईपीएलमा सहभागी सबै टोलीसँग सल्लाह गरेर यस्तो निर्णय लिइएको जनाएको छ ।

आईपीएलको १८औँ संस्करणमा अहिलेसम्म ५८ खेल भएका छन् । जसमा गुजरात टाइटन्स ११ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा छ । समान खेलमा १६ अङ्कसहित रोयल च्यालेन्जर्स बेङ्ग्लुरु दोश्रो स्थानमा, १५ अङ्कसहित पञ्जाब किङ्गस तेश्रो र १२ खेलमा १४ अङ्कसहित मुम्बई इन्डियन्स तालिकाको चौथो स्थानमा छ ।

यस्तै दिल्ली क्यापिटल्स पाँचौ, कोलकाता नाइट राइडर्स छैटौं, लखनउ सुपर जायन्टस् सातौं, सनराइजर्स हैदराबाद आठौँ, राजस्थान रोयल्स नवौं र चेन्नई सुपर किङ्गस तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu