ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परिस्थितिलाई थप चर्काउने मनसाय छैन- भारतका विदेश सचिव


abc news
२६ बैशाख २०८२, शुक्रबार   ६ : ३६   बजे

काठमाडौ २६ बैशाख । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले पहलगाम आक्रमणपछि सिर्जित परिस्थितिलाई थप चर्काउने मनसाय नरहेको बताएका छन् ।

शुक्रबार अपराह्न भएको प्रेस बिफिङमा बोल्दै उनले भारतले सुरुवाती हमलाको जवाफ मात्र फर्काएको बताए । ‘हाम्रो जवाफ लक्षित, सटिक, संयमित र सन्तुलित रहेको छ, हाम्रो निशानामा सैन्य अखडा परेका छैनन्’, उनले भने, ‘केवल पाकिस्तानमा रहेका आतंकवादी पूर्वाधारमाथि निशाना साँधिएको छ ।’

दुई साताअघि भारत प्रशासित जम्मु कश्मिरको पहलगाममा एक नेपाली र २६ भारतीय नागरिकको ज्यान लिने गरी आतंकवादी हमला भएको थियो । त्यसको जिम्मेवारी ‘द रेसिसटेन्स फ्रन्ट’ नामक धार्मिक कट्टरपन्थी समूहले लिएको थियो ।

‘यो समूह पाकिस्तानमा रहेको चिरपरिचित आतंकवादी समूह लश्कर ए तोइबाको एक मोर्चा हो भन्ने प्रसंग मैले हिजो पनि कोट्याएको थिएँ’, उनले अगाडि भने, ‘हामी चाँडै नै अनुगमन टोलीसँग फेरि भेट्दैछौं र यसअघि हामीले उपलब्ध गराएको जानकारीमा नयाँ कुराहरु समेट्दै साझा गर्नेछौं ।’

पहलगाम घटनाको जवाफ भन्दै भारतले तीन दिनअघि पाकिस्तानका ९ स्थानमा हवाई कारबाही गरेको थियो । त्यसपछि भारत र पाकिस्तानबीच तनाव बढ्दो क्रममा छ ।

प्रेस ब्रिफिङमा मिस्रीले सीमापारबाट धेरै निराधार जानकारीहरु बाहिर ल्याएको भन्दै भनेका छन्, ‘मैले हिजोकै कुरालाई आंशिक रुपमा दोहो¥याएँ मलाई लाग्छ पाकिस्तानको छवि एउटा विश्वव्यापी आतंकवादको केन्द्रबिन्दु रहेको भन्ने कुराको कैयौं उदाहरण रहेका छन्, जसबारे ठोस प्रमाणहरु भारतमा मात्र नभइ विश्वभरका सरकार, अधिकारी र निकायसँग उपलब्ध छन् ।’

पाकिस्तानले दशकौंदेखि भारतमा सीमापार आतंकवादलाई उदण्डका साथ पछ्याउँदै आएको भन्दै उनले पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायलाई जानाजान भ्रमित पार्न खोजेको समेत टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu