ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण एशिया बारुदको ढिस्कोमा, भारत-पाकिस्तान टकरावले आणविक युद्धको खतरा


abc news
२७ बैशाख २०८२, शनिबार   १० : १९   बजे

काठमाडौ २७ बैशाख । भारत र पाकिस्तानबीचको ऐतिहासिक दुश्मनी पुनः चरममा पुगेको छ। अप्रिल २२ मा जम्मु(कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमण—जहाँ २६ जना मारिए, एक नेपाली नागरिक सुदीप न्यौपाने समेत—पछि भारतले पाकिस्तानमाथि ठूला सैन्य कारबाही गरेको छ। ‘अपरेशन सिन्दुर’ अन्तर्गत भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा हवाई आक्रमण गर्‍यो।

भारतले फ्रान्सबाट आयातित रफायल विमान प्रयोग गर्दा पाकिस्तानले चीन निर्मित जे(१०सी लडाकु विमान तैनाथ गर्‍यो। दुबै देशले विदेशी प्रविधिमा भर परेका छन्—भारतले मुख्यतस् रुस, फ्रान्स र इजरायलबाट हतियार ल्याउँछस पाकिस्तान चीन, नेदरल्याण्ड्स र टर्कीमा निर्भर छ। पाकिस्तानी दाबी अनुसार, उसले रफायलसहित भारतका पाँच लडाकु विमान खसालेको छ, जसको भारतले खण्डन गरेको छ।

ड्रोन युद्ध पनि तीव्र बन्दैछ। भारतले इजरायली हारोप ड्रोन प्रयोग गरी पाकिस्तानको एचक्यू(९ वायु रक्षा प्रणाली ध्वस्त पारेको दाबी गरेको छ। पाकिस्तानले पनि चीन निर्मित विङ लुङ–२ र सीएच–४ ड्रोनमार्फत आक्रमण गरेको बताएको छ। पछिल्लो अवस्थामा, पाकिस्तानले भारतले टर्कीमा निर्मित ड्रोन प्रयोग गरी आक्रमण गरेको आरोप लगाएको छ।

भारत र पाकिस्तानसँग समान रूपमा झन्डै १८० आणविक हतियार छन्। जनशक्ति, हतियार र रक्षा बजेटमा भारत अग्रपंक्तिमा छ। यस्तो तनावपूर्ण परिस्थिति विश्वमै चासोको विषय बनेको छ, र यदि अवस्था नियन्त्रण बाहिर गयो भने दक्षिण एशिया आणविक द्वन्द्वको ढोका खोल्न सक्ने खतरा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu