ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी राष्ट्रपति पुटिनद्वारा युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव


abc news
२८ बैशाख २०८२, आइतबार   ११ : २३   बजे

काठमाडौ २८ बैशाख । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गर्नुभएको छ । उहाँले रुस–युक्रेनबीचमा दीगो शान्ति स्थापना र युद्धका कारणहरु खोजी गरी समाधानका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गर्नुभएको बीबीसीले जनाएको छ । साथै पुटिनले आउँदो बिहीवार टर्कीएको इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

वार्ताको मध्यस्थता र आवश्यक समन्वय गरिदिन टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई भनेको पनि पुटिनले जानकारी दिनुभएको छ । त्यसअनुसार एर्दोगानले सकारात्मक प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ । रुसी राष्ट्रपतिले अबको निर्णय युक्रेनी अधिकारीहरूको हातमा रहेको बताउनुभएको छ । पुटिनको प्रस्तावबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि दुवै देशलाई दबाव दिँदै आउनुभएको छ । पछिल्लो समय अमेरिका र युक्रेनबीच महत्वपूर्ण खनिज सम्झौता भइसकेको छ ।

त्यस्तै फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क तथा बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले हिजो युक्रेनको राजधानी कीएभको संयुक्त ऐतिहासिक भ्रमण समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group