ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ विदेशमन्त्री र भारतका सुरक्षा सल्लाहकारबीच टेलिफोन वार्ता


abc news
२८ बैशाख २०८२, आइतबार   ११ : ४६   बजे

काठमाडौ २८ बैशाख । चीनका विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार ९एनएसए० अजित डोभालबीच शनिबार टेलिफोन संवाद भएको छ ।

चिनियाँ विदेश मन्त्रालयले यो टेलिफोन वार्ताबारे एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएको हो । विज्ञप्तिमा उल्लेख छ, ‘२०२५ मे १० मा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा केन्द्रीय विदेश मामिला कार्यालयका निर्देशक वाङ यीले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग फोनमार्फत वार्ता गर्नुभयो।’

डोभालले वार्ताका क्रममा पहलगाममा भएको आतंकवादी आक्रमणले भारतीय नागरिकहरूलाई गम्भीर क्षति पुगेको छ, जसका कारण भारत कडा आतङ्कविरोधी कदम चाल्न बाध्य भएको बताएका विज्ञप्तिमा उल्लेख छ ।

युद्ध भारतको रोजाइ नभएको र यो कुनै पनि पक्षको हितमा नभएको पनि उनले बताएको विज्ञप्तिमा जनाइएको छ । ‘भारत र पाकिस्तान युद्धविरामको प्रतिबद्धतामा छन् र क्षेत्रीय शान्ति तथा स्थायित्व छिट्टै पुनःस्थापनाको दिशामा प्रयासरत छन्’, दोभालको भनाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयले जनाएकोछ ।

टेलिफोन वार्तामा वाङ यीले पहलगाम आक्रमणको चीनको तर्फबाट निन्दा गरेका छन् । ‘चीन सबै प्रकारका आतङ्कवादको विरोध गर्छ’, अहिलेको विश्व परिस्थिति जटिल भएको उल्लेख गर्दै उनले एशियामा शान्ति कायम राख्नु अत्यन्त आवश्यक भएको जोड दिंदै बताए ।

उनले थपे, ‘भारत र पाकिस्तान यस्ता छिमेकी हुन् जसलाई परिवर्तन गर्न सकिँदैन, र यी दुवै चीनका पनि छिमेकी हुन् । चीन भारतको युद्ध चाहँदैन भन्ने अडानको कदर गर्छ ।’

चीनले भारत र पाकिस्तानले मिलेर वार्ताको माध्यमबाट स्थायी शान्तिको दिशा समात्नु आवश्यक रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनेको छ, ‘किनभने यही दुवै देश र सम्पूर्ण विश्वको हितमा हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group