ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाचार हटाएपछि ‘द वायर’माथिकाे भारतीय प्रतिबन्ध खुल्यो, यस्तो छ हटाइएको समाचार


abc news
२८ बैशाख २०८२, आइतबार   १२ : ४४   बजे

काठमाडौ २८ बैशाख । वेबसाइटमा प्रकाशित समाचारको आधारमा भारत सरकारले ‘द वायर’माथिको प्रतिबन्ध लगायो।

पाकिस्तानी लडाकु विमान गिराएको फ्रेन्च अधिकारीको दाबीबारे सीएनएनमा प्रकाशित समाचारलाई मुख्य स्रोत मानेर समाचार सम्प्रेषण गर्दा भारतले कानूनविपरीत सञ्चार संस्थाको वेबसाइटमाथि हस्तक्षेप गर्यो।

८ मेको विहान पौने चार बजे द वायरले ‘सीएनएनले फ्रान्सेली गुप्तचर अधिकारीलाई उद्धृत गर्दै भारतीय वायुसेनाको राफेल पाकिस्तानले खसालेको पुष्टि’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो।

समाचार प्रकाशित भएपछि भारतको सूचना मन्त्रालयले कुनै स्पष्टिकरण वा निर्देशनको मौका नदिई वेबसाइट ब्लक गरेको थियो। मन्त्रालयले गैरकानूनी तरिकाले वेबसाइट बन्द गरेको द वायरले जारी गरेको बयानमा उल्लेख छ।

बयानमा सञ्चार संस्थाले यस सन्दर्भमा कानूनी उपचार खोज्ने समेत बताएको छ। यसैबीच मन्त्रालयले उक्त समाचार वेबसाइटबाट हटाएपछि मात्र वेबसाइटमाथिको प्रतिबन्ध हटाउने एक मात्र विकल्प दिएपछि वेबसाइटले उक्त समाचार वेबसाइटबाट हटाएको सूचना राखेको छ।

सूचनामा भनिएको छ, ‘सीएनएनको राफेलसम्बन्धी समाचार समेटिएको द वायरको एक समाचार प्रतिवेदनलाई हामीले हटाएका छौं। सूचना तथा प्रसारण मन्त्रालयले मे ९ को राति ९ः४१ बजे द वायरलाई जानकारी गराउँदै उक्त समाचार रिपोर्ट हाम्रो वेबसाइटमा रहनु नै भारतभरका इन्टरनेट सेवा प्रदायकहरूलाई पोर्टल ब्लक गर्न सरकारको आदेशको कारण भएको बताएको थियो।’

उसले राखेको सूचनामा अगाडि भनिएको छ, ‘हामीलाई यो माग अविवेकी लागे पनि वेबसाइट पुनः पहुँचयोग्य बनाउने सरकारको एक मात्र शर्त भएकाले हामी त्यसमा सहमति जनाउँदैछौं। द वायरको वेबसाइट मे ९ को बिहानैदेखि ब्लक गरिएको थियो र पूरै दिनभरि पहुँचबाहिर रहेको छ।’

‘समाचार हटाउने निर्णयविरुद्ध सूचना तथा प्रसारण मन्त्रालयले गठन गर्न लागेको अन्तरविभागीय समितिको सुनुवाइमा हामी आफ्नो पक्ष राख्नेछौं। साथै, प्रेस स्वतन्त्रतामाथिको यस हस्तक्षेपविरुद्ध कानुनी बाटो पनि अपनाउने हाम्रो योजना छ’, द वायरले उक्त समाचारको लिंकमा राखिएको छ।

यसका अलावा पोर्टलले उक्त समाचार आफ्नो वेबसाइटमा प्रकाशित हुनु १२ घण्टाअघि सीएनएनमा प्रकाशित भएको र उक्त वेबपेज भारतमा खुलमखुला चलिरहेको समेत बताएका छन्।

अहिले भने सरकारले उक्त वेबसाइट भारतभर खोल्न नमिल्ने गरी लगाएको प्रतिबन्ध हटाइसकेको छ। यद्यपि केही इन्टरनेट सेवा प्रदायकले वेबसाइटमाथिको प्रतिबन्ध हटाउन समय लगाइरहेको द वायरको आरोप छ।

यस्तो छ द वायरले राखेको समाचारको संक्षिप्त रूपस्

एक वरिष्ठ फ्रेन्च गुप्तचर अधिकारीले सीएनएनसँग कुरा गर्दै पाकिस्तानले मे ७ मा भारतको एक राफेल लडाकु विमान खसालेको बताएका छन्। भारतले भने अहिलेसम्म यसबारे कुनै जानकारी सार्वजनिक गरेको छैन।

फ्रेन्च अधिकारीका अनुसार पाकिस्तानले भारतको ‘अप्रेसन सिन्दूर’को जवाफमा एकभन्दा बढी राफेल खसालेको हुनसक्ने आशंका गरिएको छ। भारतले उक्त अपरेसनमा पाकिस्तान र पाकिस्तान(नियन्त्रित कश्मीरमा रहेका नौ आतंकवादी ठेगानामा हमला गरेको दाबी गरेको थियो।

पाकिस्तानले पाँच भारतीय लडाकु विमान खसालेको दाबी गरे पनि भारतले पुष्टि गरेको छैन। तर रोयटर्स र द न्यूयोर्क टाइम्सले बुधबार कम्तीमा दुईवटा भारतीय विमान खसेको उल्लेख गरेका छन्।

पञ्जाब र कश्मीरमा विमानको टुक्रा भेटिएको छ। बठिण्डामा एक अज्ञात विमान खसेर विस्फोट हुँदा एक व्यक्तिको मृत्यु भएको छ। श्रीनगर नजिक वुयानमा विमानका टुक्रा छरिएका छन्।

हतियार विश्लेषक ट्रेवर बलका अनुसार भेटिएको टुक्रा राफेल वा मिराजको ‘ड्रप ट्याङ्की’ हुनसक्छ, तर विमान खसेको भन्ने पुष्टि गर्न गाह्रो छ। भारतले सन् २०१६ मा ३६ राफेल खरिद गरेको थियो। विश्लेषकहरूका अनुसार सीमावर्ती सुरक्षाको प्रकृति हेरेर भारतले राफेल प्रयोग गरेको हुनसक्छ।

भारतले पाकिस्तानतर्फ गरिएको हवाई कारबाहीमा सैन्य संरचना होइन, आतंकवादी पूर्वाधार मात्रै लक्षित गरिएको बताएको छ। यसैबीच, भारतको प्रेस सूचना ब्यूरोले केही भाइरल तस्वीर र दाबीहरूलाई भ्रामक भनी खण्डन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group