ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले भने- युक्रेनले पुटिनको प्रस्ताव मान्नुपर्छ


abc news
२९ बैशाख २०८२, सोमबार   १० : ०६   बजे

काठमाडौं २९ बैशाख । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसलाई युद्ध अन्त्यका लागि बैठक आयोजना गर्न आह्वान गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलुमा आइतबार लेखेका छन्, ‘रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग युद्धविराम चाहँदैनन्, बरु यो युद्ध अन्त्य गर्न वार्ता गर्न बिहीबार टर्कीमा बैठक गर्न चाहन्छन्। युक्रेनले यसमा तुरुन्तै सहमति जनाउनुपर्छ।’

‘कम्तीमा उनीहरू सम्झौता सम्भव छ कि छैन भनेर निर्णय गर्न सक्षम हुनेछन्। होइन भने युरोपेली नेताहरू र अमेरिकाले परिस्थिति के हो भनेर बुझ्नेछन् र तदनुसार थप कारबाही गर्न सक्षम हुनेछन्।’

उनले थप लेखेका छन्, ‘मलाई अब शंका लाग्न थालेको छ( युक्रेनले पुटिनसँग कुनै सम्झौता गर्छ कि गर्दैन, जो हाल दोस्रो विश्वयुद्धमा विजय उत्सव मनाउन व्यस्त छ, तर अमेरिकाबिना त्यो युद्ध न कहिल्यै जित्न सकिन्थ्यो वा न कहिल्यै विजयको नजिक पुग्न सकिन्थ्यो।’

रुसका राष्ट्रपति पुटिनले आइतबार युक्रेनसँग प्रत्यक्ष र तत्काल वार्ता सुरु गर्न चाहेको बताएका छन्।

उनले यो वार्ता १५ मा इस्तानबुलमा सुरु हुनेसमेत उल्लेख गरेका छन्।

तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराममा सहमति भएमा मात्र युक्रेन रुससँग भेट्न इच्छुक हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group