ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियामाथिका सबै प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा


abc news
३१ बैशाख २०८२, बुधबार   ७ : २५   बजे

काठमाडौं, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । चारदिने मध्यपूर्व भ्रमणको क्रममा साउदी अरेबियामा पुगेका ट्रम्पले उक्त घोषणा गरेका हुन् ।
गत वर्ष सिरियामा बशर अल–असदको सरकार ढलेपछि प्रतिबन्ध हटाउने बाटो खुलेको पनि ट्रम्पले बताएका छन् ।

यो प्रतिबन्ध हटाउने निर्णय अहिले सत्ताको बागडोर सम्हालिरहेका अहमद अल साराको महत्त्वपूर्ण जित हो । डिसेम्बर महिनामा सिरियाको राष्ट्रपति रहेका उनले असद परिवारको सत्तालाई बर्खास्त गर्दै शासन हातमा लिएका थिए ।

इजरायलले भने असद सत्ता ढलेपछि पनि सिरियामा लगातार आक्रमण गरिरहेको छ । अमेरिकाको यो निर्णय इजरायलका लागि धक्काको विषय समेत भएको महसुस गरिएको छ ।

राष्ट्रपति ट्रम्पले वर्षौँदेखि सिरियामा धेरैको ज्यान अकालमा गएको बताउँदै असद परिवार हटेपछि सम्बन्ध सुमधुर बनाउन प्रयास आवश्यक रहेको बताए ।

अमेरिकी विदेशमन्त्री मार्क रुबियोले यसै साताको अन्त्यमा सिरियामा विदेश मन्त्रीसँग टर्कीमा भेट गर्ने सम्भावना रहेको बताए ।

‘त्यस समयमा प्रतिबन्ध आवश्यक थियो । तर, अहिलेको समयमा यो हटाएर सिरियालाई सुन्दर भविष्यतर्फ उन्मुख गर्न जरुरी छ,’ ट्रम्पले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group