ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीको अभिव्यक्ति उत्तेजक, अस्वीकार गर्छौँ- पाकिस्तान


abc news
३१ बैशाख २०८२, बुधबार   ८ : १३   बजे

काठमाडौ ३१ बैशाख । पाकिस्तानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाममा गरेको सम्बोधनमा दिएको अभिव्यक्तिलाई उत्तेजक भन्दै अस्वीकार गरेको छ।

पाकिस्तानको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी शान्ति र स्थायित्व कायम राख्न अन्तर्राष्ट्रिय प्रयास भइरहेको बेला मोदीले अशान्ति भड्काउने वक्तव्य दिएको आरोप लगाएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘यस क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न अन्तर्राष्ट्रिय प्रयास भइरहेको बेला उक्त अभिव्यक्ति उत्तेजनापूर्ण तथा गलत सूचना, राजनीतिक अवसरवाद र अन्तर्राष्ट्रिय कानुनको घोर उपेक्षामा आधारित छ।’

पाकिस्तानले भारतलाई कुनै गल्ती नगर्न आग्रह गर्दै आगामी दिनमा उसका काम र व्यवहारको नजिकबाट समीक्षा गर्ने बताएको छ।

विज्ञप्तिमा भनेको छ, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई पनि त्यसै गर्न अनुरोध गर्नेछौँ।’

पाकिस्तानले आत्मरक्षाका लागि भारतीय सैन्य अड्डाहरूलाई मात्र निशाना बनाएको दाबी पनि गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानले सिन्धु जल सन्धिअन्तर्गत आफ्नो अधिकार रक्षा गर्न आवश्यक कदम चाल्नेछ, तर भारतीय विदेश मन्त्रालयले मंगलबार दोहोर्‍याएको छ( पाकिस्तानले आतंकवादलाई समर्थन गर्न पूर्ण रूपमा बन्द नगरेसम्म सिन्धु जल सन्धि निलम्बन रहनेछ।’

पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्तिमा पाकिस्तान युद्धविराम र यस क्षेत्रमा तनाव कम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै धेरै मित्र राष्ट्रको प्रयासबाट युद्धविराम सम्भव भएको बताएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘युद्धविरामको चाहनालाई पाकिस्तानसँग जोड्नु झुट हो।’

पाकिस्तानले युद्धविरामका लागि आफूले अनुरोध गरेको भन्ने भारतको दाबी गलत भएको बताएको छ।

पाकिस्तानसँग लडाइँ र युद्धविरामपछि मोदीले पहिलोपटक सोमबार राति राष्ट्रलाई सम्बोधन गर्दै पाकिस्तानको व्यापक आलोचना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group