ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेजु एअर विमान दुर्घटना : पीडित परिवारले यातायातमन्त्रीसहित १५ जनाविरुद्ध उजुरी दर्ता गरे


abc news
३१ बैशाख २०८२, बुधबार   ४ : ४९   बजे

काठमाडौ ३१ बैशाख । दक्षिण कोरियामा गएको डिसेम्बर महिनामा भएको जेजु एअरको विमान दुर्घटनाका पीडित परिवारले यातायातमन्त्री र एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सहित १५ जनाविरुद्ध उजुरी दर्ता गरेका छन् ।

विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका केही परिवारले यातायातमन्त्री पार्क साङ्ग वू र जेजु एअरका सीईओ किम ई–बेसहित १५ जनाविरुद्ध व्यावसायिक लापर्बाहीको आरोपमा उजुरी दर्ता गरेका बीबीसीले जनाएको छ ।

एक सय ८१ जना सवार रहेको विमान दुर्घटना हुँदा एक सय ७९ जनाको ज्यान गएको थियो । यो दक्षिण कोरियाली भूमिमा भएको सबैभन्दा घातक विमान दुर्घटना हो । पीडित परिवारहरूले त्यो दुर्घटना साधारण नभएको तर रोकथाम गर्न सकिने जोखिमहरूको व्यवस्थापनामा लापर्बाही गरेका कारण ठूलो नागरिक विपत्ति भएको आरोप लगाएका खबरमा उल्लेख छ ।

झन्डै पाँच महिना बितिसक्दा पनि अधिकारीहरूले मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनाग्रस्त हुनु र त्यसपछि आगो लाग्नुको कारण के हुन सक्छ भन्नेबारेमा अध्ययन गरिरहेका छन् ।

यो पछिल्लो उजुरी दर्ता हुनुभन्दा पहिले नै प्रहरीले आपराधिक अनुसन्धान शुरू गरिसकेको थियो र जेजु एअरका सीईओलाई देश छोड्न प्रतिबन्ध लगाएको थियो तर घटनामा कसैलाई पनि अभियोग लगाइएको छैन ।

उजुरीमा नाम उल्लेख गरिएका १५ जनामध्ये निर्माण, सुपरिवेक्षण, सुविधा व्यवस्थापन र चरा नियन्त्रणका लागि जिम्मेवार सरकारी अधिकारी, एअरलाइन्सका अधिकारी र विमानस्थलका कर्मचारीहरू छन् ।

गएको डिसेम्बर २९ मा जेजु एअरको बोइङ ७३७–८०० विमान थाइल्यान्डको राजधानी बैंककबाट दक्षिण कोरियाको मुआनका लागि उडेको थियो । यो विमान मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा ‘नेभेगेशन’ का लागि बनाइएको कङ्क्रिटको संरचनामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

यस वर्षको शुरूमा अनुसन्धानकर्ताहरूले विमानको दुवै इन्जिनमा चराको प्वाँख फेला पारेको बताएका थिए तर चरा ठोक्किनु दुर्घटनाका लागि कति हदसम्म योगदान पुर्‍याउने कारक थियो भन्ने निष्कर्ष निकालेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group