ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको व्यापार नीतिका कारण जर्मनीको अर्थतन्त्रमा गिरावट


abc news
१ जेष्ठ २०८२, बिहिबार   ११ : ०५   बजे

काठमाडौ १ जेठ । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा शून्य दशमलव २ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको छ । जर्मन आर्थिक संस्थान ९आईडब्ल्यू० ले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार, जर्मनी विश्वका अन्य प्रमुख अर्थतन्त्रहरूभन्दा पछाडि पर्नेछ ।

अर्थतन्त्रमा लगातार दुई वर्षको गिरावटपछि, अमेरिकाको व्यापार नीति, विश्वव्यापी अनिश्चितता र लगानीको कम स्तर जर्मन अर्थतन्त्रमा मुख्य चुनौतीका रूपमा देखिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अन्य ठूला अर्थतन्त्रहरू यो वर्ष सुधारको बाटोमा रहेको देखिए पनि आईडब्ल्यूको प्रतिवेदन अनुसार जर्मनी भने मन्दीमै रहनेछ ।

प्रतिवेदनमा अमेरिकी व्यापार नीतिलाई विश्व अर्थतन्त्रको सबैभन्दा ठूलो जोखिमका रूपमा औँल्याइएको छ, जसले गर्दा विश्व उत्पादन शून्य दशमलव ८ प्रतिशतले घट्न सक्ने पूर्वानुमान गरिएको छ । यो आर्थिक सङ्कटको असर रोजगार बजारमा पनि पर्नेछ ।

सन् २०२५ को गर्मीयामसम्म बेरोजगारको सङ्ख्या ३० लाख पुग्ने अनुमान गरिएको छ । संस्थाले नयाँ सङ्घीय सरकारले यथाशीघ्र र प्रभावकारी कदम चालेर अर्थतन्त्र पुनःजागृत गर्नुपर्ने र संरचनात्मक चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकता रहेको बताएको छ ।

जर्मन केन्द्रीय बैङ्कले अप्रिल अन्त्यमा प्रकाशित गरेको अर्को प्रतिवेदनमा पनि अर्थतन्त्रको स्थितिलाई झनै नकारात्मक देखाइएको छ ।

पहिलो त्रैमासिकमा अलिकति सुधार देखिए पनि दोस्रो त्रैमासिकमा फेरि मन्दीको सम्भावना रहेको उल्लेख गरिएको छ । समग्रमा, जर्मन अर्थतन्त्रको भविष्य अझै अनिश्चित र चिन्ताजनक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu