ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईयूले रुसविरुद्ध कूटनीतिक र आर्थिक दबाब जारी राख्ने


abc news
३ जेष्ठ २०८२, शनिबार   १ : १७   बजे

काठमाडौ ३ जेठ । युरोपेली सङ्घ ईयू ले रुसविरुद्ध कूटनीतिक र आर्थिक दबाब जारी राख्ने जनाएको छ । शान्तिका लागि तयार नभएसम्म रुसी राष्ट्रपति पुटिनमाथि दबाब बढाइरहने ईयूका प्रमुख उर्सुला भोन डर लेयनले बताउनुभएको छ ।

उहाँले रुसविरुद्ध १८औं प्रतिबन्ध प्याकेजको तयारी शुरू भइसकेको समेत जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अल्बानियाको तिरानामा आयोजित युरोपेली नेताहरूको भेलामा पत्रकारसँग लेयनले भन्नुभएको छ ‘हामी शान्ति चाहन्छौँ र शान्तिको मार्गतर्फ अघि बढ्न सबैले आवश्यक पहल गर्नुपर्छ ।’

ईयूले यसैहप्ता १७ औं प्रतिबन्ध प्याकेज पारित गरिसकेको छ, जसअन्तर्गत रूसद्वारा प्रयोग गरिँदै आएका झन्डै दुई सय तेल ट्याङ्करहरूलाई प्रतिबन्धको सूचीमा राखिएको छ ।

रुस र युक्रेनबीच हिजो टर्किएको राजधानी इस्तानबुलमा प्रत्यक्ष वार्ता भयो । वार्ता सकारात्मक भएको दुवै पक्षले जनाएका छन् । रुस र युक्रेनले एकरएक हजार युद्धबन्दी रिहा गर्ने सहमति समेत गरेका छन् ।

युक्रेनी पक्षले दुई देशका राष्ट्रपतिबीच सोझै छलफल हुनुपर्ने शर्तसमेत राखेको छ । यो वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभागी हुनुभएन ।

वार्ताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिन र आफूसँगै नभएसम्म दुई देशको शान्ति वार्तामा कुनै प्रगति नहुने समेत बताउनुभएको थियो ।

सन् २०२२ को फेब्रुअरी २४ तारिखमा रुसले युक्रेनमाथि आक्रमण शुरू गरेको थियो । त्यसयता दुई देशबीचको लडाइँ रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group