ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा


abc news
४ जेष्ठ २०८२, आइतबार   ४ : ०९   बजे

काठमाडौ ४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताउनुभएको छ ।

यो घोषणा रुस र युक्रेनबीच तीन वर्षभन्दा बढी समयपछि टर्कीको इस्तानबुलमा भएको पहिलो प्रत्यक्ष वार्ताको एक दिनपछि आएको हो । ३० दिनसम्म विना शर्त युद्धविराम गर्न रुसलाई दबाव दिँदै आउनुभएका ट्रम्पले भोलि पुटिनसँग फोनमा कुरा गर्ने बताउनुभएको हो ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले पुटिनसँगको फोन वार्तापछि रुसी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नाटो अधिकारीहरूसँग कुरा गर्ने बताउनुभयो । ट्रम्पले यो एक उत्पादक दिन हुने र कहिल्यै नहुनुपर्ने अत्यन्तै हिंसात्मक युद्ध समाप्त हुने लेख्नुभएको छ ।

यसअघि हिजो क्रेमलिनले पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीचको बैठक दुवै पक्ष सहमतिमा पुगेपछि मात्र सम्भव हुने बताएको थियो । रुस र युक्रेबीच भएको वार्ता कुनै पनि सफलतामा पुग्न नसके पनि कैदी आदानप्रदानमा भने सहमति भएको थियो ।

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्णस्तरमा आक्रमण शुरू गरेको थियो । इस्तानबुलमा भएको वार्तापछि युक्रेनले पनि पूर्ण र विना शर्त युद्धविरामका लागि आफ्नो आह्वान दोहोर्‍याएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको टेलिफोन वार्तामा पछिल्लो कैदी आदानप्रदानको स्वागत गर्नुभएको एएफपीले जनाएको छ । सीबीएसलाई दिएको अन्तर्वार्तामा अमेरिकी विदेशमन्त्री रुबियोले आफ्ना समकक्षी लाभरोभले आफूलाई रुसले युद्धविरामका लागि आफ्ना आवश्यकताहरू उल्लेख गरिएको दस्तावेज तयार गरिरहेको बताउनुभएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu