ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफूले चामल किन्न नपरेको टिप्पणीपछि जापानका कृषिमन्त्रीद्वारा राजीनामा


abc news
७ जेष्ठ २०८२, बुधबार   ३ : १३   बजे

काठमाडौ ७ जेठ । जापानका कृषिमन्त्रीले समर्थकहरूबाट उपहारका रूपमा पाएकोले आफूले कहिल्यै चामल किन्न नपरेको टिप्पणीपछि राजनीतिक परिणामका कारण पदबाट राजीनामा दिनुभएको छ ।

देशले चामलको बढ्दो मूल्य सामना गरिरहेको अवस्थामा कृषिमन्त्री टाकु इटोले निःशुल्क चामलको बारेमा गरेको टिप्पणीले सार्वजनिक आक्रोश निम्त्याएपछि उहाँले आज पदबाट राजीनामा दिनुभएको एएफपीले जनाएको छ ।

कृषिमन्त्री इटोले सप्ताहन्तमा एउटा भेलालाई सम्बोधन गर्दै समर्थकहरूले धेरै दान गरेका कारण आफूले कहिल्यै चामल नकिनेको र यसलाई व्यावहारिक रूपमा बेच्न सक्ने बताउनुभएको थियो ।

चामलको अभावका कारण मूल्य आकाशिएको जापानमा यो भनाइले ठूलो असर पारेको छ । गएको महिना चामलको मूल्य सन् २०२४ अप्रिलको तुलनामा झन्डै दोब्बर पुगेको थियो ।

सन् २०२३ मा गर्मी मौसमका कारण खराब फसल र गएको वर्ष ठूलो भूकम्पको चेतावनीद्वारा प्रेरित आपत्कालीन खरिदका साथै पर्यटन उद्योगको वृद्धिका कारण चामलको अभाव भएको खबरमा उल्लेख छ । सरकारले मूल्य घटाउने प्रयासमा आफ्नो आपत्कालीन चामल भण्डारको केही हिस्सा जारी गर्न बाध्य भएको छ र अहिलेसम्म थोरै सफलता मिलेको छ ।

कृषिमन्त्री इटोको टिप्पणीलाई मुख्य विपक्षी कन्स्टिच्युशनल डेमोक्रेटिक पार्टी अफ जापानका महासचिव जुन्या ओगावाले अत्यन्त अनुचित, वास्तविकताबाट टाढा र असहनीय भन्दै आलोचना गर्नुभएको थियो ।

खाद्य पदार्थको उच्च मूल्यका कारण खराब जनमत ‘रेटिङ’ भएका प्रधानमन्त्री शिगेरु इशिबाले मन्त्रीको टिप्पणीलाई ‘अत्यन्त दुर्भाग्यपूर्ण’ भन्दै निन्दा गर्नुभयो ।

विपक्षी दलहरूले इशिबाको अल्पमत सरकारविरुद्ध अविश्वासको प्रस्ताव दायर गर्ने धम्की दिएका खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group