ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंगापुरमा मुटु रोग चाँडै पत्ता लगाउने एआई प्रणाली परीक्षण गरिने


abc news
८ जेष्ठ २०८२, बिहिबार   ११ : ४९   बजे

काठमाडौ ८ जेठ । सिंगापुरमा मुटु रोग चाँडै पत्ता लगाउने एआई प्रणाली परीक्षण गरिने भएको छ । सिंगापुरको राष्ट्रिय मुटु केन्द्रले तीनवटा सरकारी अस्पतालमा कृत्रिम बुद्धिमत्ता ९एआई० प्रणालीको परीक्षण गर्न लागेको हो ।

यो प्रणालीले मुटुको स्क्यान चाँडो हेर्न सक्ने भएकाले मुटुमा समस्या छ कि छैन भन्ने चाँडै थाहा पाउन सजिलो हुने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अहिले मुटुको स्क्यान हेरेर समस्या पत्ता लगाउन २ देखि ४ घण्टा लाग्छ, तर यो एआई प्रयोग गरेपछि १० मिनेटमै नतिजा आउन सक्ने डाक्टरहरुले बताएका छन् ।

यसअघि यो प्रणाली परीक्षण गरिएको बेलामा ८५ प्रतिशतदेखि ९९ प्रतिशतसम्म सही नतिजा दिएको थियो । अब यो प्रणाली एक वर्षसम्म अस्पतालहरूमा प्रयोग गरेर त्यसको परिणाम कस्तो हुन्छ भन्ने हेरिनेछ ।

सिंगापुर मुटु घाउ विश्लेषक नाम दिइएको यो प्रणाली यही वर्ष सन् २०२५ को सेप्टेम्बरदेखि अक्टोबरसम्म प्रयोगमा ल्याइनेछ ।

सिंगापुरमा मुटुको समस्या हुने रोग सबैभन्दा धेरै मानिसको ज्यान लिने कारण भएको अध्ययनहरुले देखाएका छन् ।

सन् २०२२ मा आठ हजार तीन सय ११ जनाको मुटुसम्बन्धी रोगका कारण ज्यान गएको थियो, जुन कुल मृत्युमध्ये लगभग ३० प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu