ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आपराधिक प्रकृतिको हेलचक्र्यार्इँले आगलागी– राष्ट्रपति पुटिन


admin
१३ चैत्र २०७४, मंगलबार   २ : ५६   बजे

मस्को, १२ चैत ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केमेरोभो सहरमा आइतबार राति भएको आगलागीको घटनाको स्थलगत निरीक्षण गर्दै आपराधिक प्रकृतिको हेलचक्र्याईँले यस्ता आगलागीका घटना हुने गरेको प्रतिक्रिया दिनुभएको छ ।

उहाँ मङ्गलबार बिहान सो घटनास्थलको निरीक्षणका लागि जानुभएको थियो । त्यस अवसरमा उहाँले भन्नुभयो– यसमा हेलचक्र्याइँ त छ नै, त्यो पनि आपराधिक प्रकृतिको छ त्यसका कारणले यो दुर्घटना भएको हो ।

यस्ता प्रकृतिका दुर्घटनाहरु अब हुन नदिन सतर्क रुपमा कामगर्न पनि उहाँले सबैलाई निर्देशन दिनुभएको थियो ।

उहाँले यस दुर्घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारप्रति गहिरो समवेदना प्रकट गर्नु भएको छ ।

यस घटनामा घाइते भएका व्यक्ति र ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई समेत आवश्यक सहयोग गर्न उहाँले आदेश दिनुभएको समाचारमा जनाइएको छ ।

आगलागीमा मृत्युहुने ६४ जना 

यसैबीच रसियाको दक्षिणीपश्चिमी प्रान्त साइबेरियाको केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’ (किनमेल केन्द्र) मा भएको सो आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ ।

उक्त ‘सपिङ्ग मल’ मा चार तलाबाट आगो सुरुभएको रसियाली अनुसन्धान समितिले सोमबार नै जानकारी दिएको थियो ।

स्थानीय समयानुसार आइतबार अपराह्नबाट नै सुरु भएको सो आगलागी सोमबार बिहानीपख मात्र नियन्त्रणमा आएको र रातभर आगलागी भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यस आगलागीमा परेर मारिएकामा १३ जना बालबालिकासहित २५ व्यक्तिको मात्र परिचय खुलेको रुसका स्वास्थ्यमन्त्री भेरोनिका स्कभोर्तसोभाले बताउनुभएको छ ।

परिचय खुलेका ती बालबालिका भने ४ देखि १३ बर्षसम्मका रहेका थिए । सो मलमा रहेको चलचित्र प्रदर्शनी हलमा चलचित्र हेर्न आएका बालबालिका सो आगलागी परेका प्रत्यक्षदर्शी र स्थानीय सञ्चारमाध्यमहरुले जनाएका थिए ।

रसियाली संकटकालीन व्यवस्थापन मन्त्री भ्लादिमिर पुचकोभले यस आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६४ पुगेको तर सबैको परिचय भने नखुलेको बताउनु भएको छ ।

यद्यपी यस आगलागीमा परी बेपत्ता भएका व्यक्तिको यकिन संख्या अझै पनि पुष्टि भएको छ्रैन । यसअघि प्राप्त जानकारीअनुसार आगोको मुस्लोका कारण ६४ जना अझै बेपत्ता भएका र जसमध्ये ४१ जना बालबालिका रहेका थिए ।

अनुसन्धानको लागि यस कम्पनीका प्रमुख, घर मालिकलगायत पाँच व्यक्तिलाई प्रहरी हिरासतमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group