ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेनेजुएलाको कारागारमा झडप: आगलागी सुरु भएपछि ६८ जनाको मृत्यु


admin
१५ चैत्र २०७४, बिहिबार   २ : ४२   बजे

काराकस, १५ चैत । भेनेजुएलाको भ्यालेन्सिया सहरमा रहेको एक कारागार र त्यससँगैको प्रहरी चौकीमा थुनुवा र सुरक्षाकर्मीबीचको झडप र त्यसपछिको आगलागीमा परी ६८ जनाको ज्यान गएको समाचार छ ।

उक्त सहरमा रहेको कारागार र त्यससँगैको प्रहरी चौकीमा अकस्मात दंगा फैलिएपछि त्यहाँ आगलागी सुरु भएको थियो । कतिपयको आगोमा जलेर ज्यान गएको छ ।

केही आगलागीको घटनामा परेर तथा अरु कतिपय आपसी हानाहानमा परी कम्तीमा ६८ जनाको ज्यान गएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

भेनेजुएलाका एकजना प्रमुख सरकारी वकिल तारेक साबले यस अकस्मातको दुर्घटनाको छानबिनका लागि समिति बनाइएको बताउनुभएको छ ।

खचाखच बन्दीहरु राखिएको सो बन्दीगृहभित्र अकस्मात दंगा फैलिन पुगेको र त्यसका कारण थुनुवाहरू भाग्न खोजेका थिए । त्यस क्रममा उनीहरुले उक्त गृहमा राखिएका विछ्यौनाहरुमा आगो लगाएका थिए ।

त्यसपछि आगलागी शुरू भएको प्रहरी अनुसन्धानको पछिल्लो विवरणमा जनाइएको छ । थुनुवाहरुलाई भेट्न गएका आफन्तहरुले पनि आगोका कारण धेरैका ज्यान गएको बताएका छन् ।

यस झडप र आगलागीको खबरपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा थुनुवालाई भेट्न पुगेका उनीहरुका आफन्त पनि परेका बताइएको छ ।

प्रहरीले उनीहरुलाई सो दुर्घटनास्थलबाट हटाउन खोजेको भए पनि थुनुवा र प्रहरीको भिडन्तको बीचमा उनीहरु परेका थिए । प्रहरीले त्यस क्रममा अश्रु ग्यास प्रहार गरेको र बल समेत प्रयोग गरेको थियो ।

उक्त बन्दीगृह काराबोबो राज्यमा पर्दछ । सो राज्यका एक सरकारी अधिकारीले जानकारी दिए अनुसार आगलागीको घटनापछि थप प्रहरी परिचालन गरिएको र त्यसपछि झनै ठूलो दंगा भएको थियो ।

त्यस क्रममा कारागारभित्र भने धूँवाले निसासिएर धेरैजनाको ज्यान गएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा थुनुवाहरूलाई भेट्न गएका महिला र बालबालिका परेका छन् ।

भेनेजुएलाका बन्दीगृहमा क्षमताभन्दा पनि बढी कैदीहरु राख्ने गरिन्छ । जसका कारण यहाँका कारागारहरुमा यस्ता हिंसात्मक झडपहरू समय समयमा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu