ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२३ देशका कुटनीतिज्ञलाई देश निकाला गर्दै रुस, विदेशी देशसंग तिक्तता बढ्ने संकेत


admin
१८ चैत्र २०७४, आइतबार   २ : ३२   बजे

काठमाडौं, १८ चैत । रुसको विदेश मन्त्रालयले २३ देशका कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ ।

‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन गर्न लागेको हो । पछिल्लो समयमा विश्वका कैयौँ देशले रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने गरेकाले त्यसको बदलामा रुसले पनि ती देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने थालेको समाचारमा जनाइएको छ ।

शुरूमा अमेरिकाले दुई बेलायती नागरिकमाथि रासायनिक अस्त्र हमलाको आरोप लगाएर ६० रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने बताएको थियो ।

त्यसैको जवाफस्वरुप यसअघि रुसले पनि अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको हो । अमेरिकाले त्यहाँको सियाटलस्थित रूसी महावाणिज्यदूतावास बन्द गराएर कूटनीतिज्ञलाई देश छोड्न भनेको हो ।

त्यसको लगत्तै शुक्रबार फेरी अरु देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेपछि अन्य देशहरुसँग रुसको कूटनीतिक सम्बन्धमा थप दरार उत्पन्न हुने देखिएको छ ।

रुसका पूर्वकूटनीतिज्ञ सेर्गेई स्क्रिपाल र उहाँकी छोरी युलिआको हत्या प्रकरणमा रूस नै दोषी रहेको आरोप लगाउँदै अमेरिकासहितका केही देशले रुसका कूटनीतिज्ञलाई देश निकाला गरिदिएका थिए ।

रूसका पूर्वकूटनीतिज्ञलाई हत्या गर्ने षड्यन्त्र अनुसार उहाँ बेलायतमा रहेको बेला रूसमा बन्ने नोभिचोक नामक विषादीलाई नसाबाट दिइएको युरोपेली मुलुक तथा अमेरिकाको आरोप छ । स्क्रिपाल तथा उहाँकी छोरीमाथिको आक्रमणबाट निम्तिएको समस्या र यस विषयमा ईयूका अधिकांश सदस्यसहित अमेरिकाले लिएको कदमपछि नेटोले पनि आफ्नोतर्फबाट थप निर्णयहरूको घोषणा गर्ने नेटोद्वारा जारी संक्षिप्त विज्ञप्तिमा जनाइएको छ ।

यसै विषयमा विश्वका करिब २४ राष्ट्रले एक सय भन्दा बढी रूसी कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय गरिसकेका छन् । यो दोस्रो विश्वयुद्धपछि युरोप तथा अमेरिकासहितका मुलुकले रूसविरुद्ध लिएकोे पहिलो कडा प्रतिक्रिया भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

रुसी विदेश मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिका अनुसार अष्ट्रेलिया, अल्बानिया, जर्मनी, डेनमार्क, इजरायल, स्पेन, इटली, क्यानडा, लाट्वीया, लिथुआनीया, मसेडोनीया, मोल्दोवाका रुसस्थित कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरिएको हो ।

त्यसैगरी नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, रोमानिया, युक्रेन, फिनल्याण्ड, फ्रान्स, क्रोएसिया, चेक गणतन्त्र, स्विडेन र स्टोनिया पनि विदेशी कूटनीतिज्ञलाई देश निकाला गर्ने रुसको निर्णयको शिकार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu